काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणको अनुसन्धान अत्यन्त नजिक पुगेको बताएका छन् । आइतबार गृहमन्त्रालयमा आयोजिक कार्यक्रममा उनले सोबारे खुलाएका हुन् ।
‘मैले नभनौँ भनेको तर भन्नैपर्ने भयो । निर्मला पन्तको विषयमा अत्यन्त नजिक पुगेका छौँ हामी । एकदमै नजिक । बारम्बार मलाई सोधियो तर मैले कैले पनि भनिन । किनकी रिजल्ट आयोस् अनी भनौला भनेर ।’ उनले भने, ‘तर सुरक्षा निकायलाई राम्रोसँग थाहा छ हामी कति नजिक पुगेका छौँ भनेर । मलाई क्रेडिट चाहिँदैन । क्रेडिट सबे नेपाल प्रहरीले लिओस् । कुनै मन्त्रीले, नेताले कहिल्ये क्रेडिट नपाओस् । नेपाल प्रहरीले पाओस् । नेपाल प्रहरी सक्षम छ ।’
साथै उनले आफू मन्त्री भएर आफूमाथि अनुसन्धान गर्न अप्ठ्यारो परेको भए आजैबाट अनुसन्धान गर्न आग्रह गरेका छन् ।