काठमाडौँ । एक महिनादेखि जारी मिटब्याज पीडितहरुको आन्दोलन स्थगित भएको छ । सोमबार गृह मन्त्रालयमा भएको समझदारी पछि आन्दोलनरत पीडितहरुले आन्दोलन स्थगित गरेका हुन् ।
उपप्रधान एवम् गृह मन्त्री रवि लामिछानेको पहलमा भएको दुई दिनको बार्ता पछि सरकार र आन्दोलनरत पक्षबीच ४ बुँदे सहमति भएको हो । सहमतिअनुसार मीटर ब्याज पीडितको समस्या समाधान गर्न नयाँ आयोग गठन गर्न सरकार सहमत भएको छ ।
मीटर ब्याज पीडित संघर्स समितिका संयोजक अवधेश कुमार कुसवाले सरकारसंग चार बुँदे सहमति भएको सिधाकुरालाई बताए । सरकार समस्या समाधान गर्न राजी भएपछि आन्दोलनका कार्यक्रम स्थगन गरिएको उनले बताए ।