८ असोज काठमाडौं । बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने विरूद्धको मुद्दामा आज सुनुवाई हुँदै छ ।
काठमाडौं जिल्ला अदालतमा लामिछाने विरूद्धको मुद्दा आज सुनुवाइ हुने सूचीमा रहेको छ ।
यसअघि असोज १ गते सुनुवाइ हुन लागेपनि न्यायाधीश अभावका कारण स्थगित भएको थियो ।
आज सुनुवाई तोकिएपछि सन्दिप चीनमा हुने एसियाडमा सहभागी खेलाडीका लागि गरिएको बिदाईमा सहभागी भएनन् ।