
२८ असोज, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ घटाएको छ । आइतबार राति १२ बजेपछि लागू हुनेगरी निगमले जनाएको छ ।
निगमले स्वचालित प्रणालीअनुसार मूल्य समायोजन गरिएको जनाएको छ । जसअनुसार डिजेलको मूल्य प्रतिलिटर ५ रुपैयाँ घटेको छ । अब काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर १७३ रुपैयाँमा पाइने छ भने डिजेलको मूल्य प्रतिलिटर १६८ रुपैयाँ पर्नेछ ।