७ असाेज : क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणीको मुद्दा पेसी फेरि पनि स्थगितमा भएको छ । जिल्ला न्यायाधीश अभावका कारण लामिछानेको मुद्दाको पेशी स्थगित भएको हो ।
सन्दीपको मुद्दाको मिसिल रहेको फाँट नम्बर २८ को गोला कुनै पनि न्यायाधीशले नतानेपछि आइतबार पनि उनको मुद्दाको पेसी स्थगितमा परेको हो ।
यसअघि असोज १ गते सुनुवाइ हुन लागेपनि न्यायाधीश अभावका कारण स्थगित भएको थियो ।
सन्दीपको मुद्दाको पेसी सुनुवाई आजका लागि तोकिएपछि सन्दिप चीनमा हुने एसियाडमा सहभागी खेलाडीका लागि गरिएको बिदाईमा सहभागी भएका थिएनन् ।