काठमाडाैँ । संसद बैठक १५ मिनेटका लागि स्थगित भएकाे छ । विपक्षीले सरकारकाे भूमिकाका बारेमा प्रश्न उठाएर सांसद अबराेध गरेपछि बैठक स्थगित भएकाे हाे ।
बैठकमा नेपाली कांग्रेसका सांसद राजेन्द्र केसीले विपक्षी सांसदहरुलाई गणपुरक संख्या नपुर्याउन बाहिर गएको आरोप लगाएका थिए । शुक्रबारको बैठकमा बोल्दै केसीले राजनीतिक बिहीबार राजनीतिक दलसम्बन्धी विधेयक पेश हुने बेलामा विपक्षी दलका सांसदहरु सदनबाट निस्कीएको आरोप लगाएका थिए ।
केसीको अभिव्यक्तिको विरोध जनाउँदै प्रतिपक्ष नेकपा एमाले, रास्वपा र राप्रपाका सांसदले उठेर प्रतिवाद गरेका थिए । नेपाली कांग्रेसका सांसद राजेन्द्र केसीले बिहीबारको बैठकमा राजनीतिक दलसम्बन्धी विधेयक पेश हुने बेलामा विपक्षी दलका सांसदहरु बाहिर गएको आरोप लगाएका थिए ।