काठमाडाैँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले व्यवसायी दुर्गा प्रसाईँलाई यस अघिका अधिकारीहरूले कानुनमा भएको व्यवस्था भन्दा बाहिर गएर हतियार राख्न अनुमति दिइएको पाइएको बताएका छन् । राज्य व्यवस्था समितिमा उठेका प्रश्नको जवाफ दिदै लामिछानेले भने 'दुर्गा प्रसाईँलाई राज्यका निकायबाट कानुन भन्दा बाहिर गएर हतियार सम्बन्धी अनुमति दिएको देखियो, थप अनुसन्धान गर्दैछाैँ ' ।
लामिछानेका अनुसार हतियार चलाउन अनुमति प्राप्त व्यक्तिको हातमा नभई अर्का व्यक्तिसँग हतियार भएको अवस्थामा पक्राउ गरिएको बताए । साथै देशभरबाट जारी भएको हतियारका अनुमतिको विवरण माग गरि अनुसन्धान भैरहेको जानकारी दिए ।