काठमाडौँ । शिक्षा मन्त्रालयले विदेशी शिक्षण संस्थाको अनुमति लिएर सरकारसँग अनुमति नलिएका कलेजलाई विद्यार्थी भर्ना नगर्न निर्देशन दिएकाे छ ।
मन्त्रालयले साेमबार एक सूचना जारी गर्दै मन्त्रालयबाट अनुमति अनुमति प्राप्त कलेजहरुकाे विवरण सार्वजनिक गरेकाे छ । जसमा रातो बंगला, यूलेन्स सहितका नाम चलेका स्कुलहरुले भने अनुमति पाएकाे उल्लेख छ । 'केही सञ्चार माध्याममा ए लेभल, इन्टरन्यासनल ब्याच्लरेट र सीबीएसई र सो सरहका कार्यक्रममा अनमति नलिइ विद्यार्थी भर्ना गरेकाे सुनिएकाे छ,' मन्त्रालयले सूचनामा भनेकाे छ,' त्यस्ता कार्यक्रमहरू सञ्चालन गरिरहेका स्कुल तथा कलेजहरूको विवरण सार्वजनिक गर्दै मन्त्रालयले ति बाहेकका कलेज तथा स्कुलमा भर्ना नगर्न अनुराेध गरिन्छ ।'
शिक्षा मन्त्रालयको अनुमति नलिई सञ्चालनमा रहेको र त्यस्ता कलेजले भर्ना गरेकाे पाइए कानुन बमाेजिम कारबाही गरिने पनि मन्त्रालयले प्रष्टयाएको छ। हाल मन्त्रालयबाट अनुमति पाएका कलेज तथा स्कुलहरुकाे सूची भने निम्नानुसार छ ।