काठमाडौं । प्रत्येक वर्ष आज मात्रै महानवमीका दिनमात्र खुल्ला गरिने हनुमानढोका दरबार क्षेत्रस्थित तलेजु भवानीको मन्दिरमा बिहानैदेखि भक्तजनको भिड लागेको छ ।
हरेक वर्ष आश्विन शुक्ल नवमीका दिन आम सर्वसाधारणका लागि मन्दिर खुला गरिने परम्पराअनुसार आज सोही अवसरमा मन्दिर खोलिएको छ । तलेजु मन्दिरमा ३६४ दिनमा दैनिक नित्य पूजा हुने भएपनि सर्वसाधारणका लागि भने आज एक दिन मात्रै पूजाका लागि खोलिन्छ ।