सोलुखुम्बुको लुक्लाबाट बिहान ७ बजेर १३ मिनेटमा लोबुचे उडेको मनाङ एयरको ९ एन-एएनजे कलसाइनको हेलिकप्टर दुर्घटना भएको हो ।
लोबुचेमा भएका पर्यटक लिन गएको हेलिकप्टर पाइलट प्रकाशकुमार सेढाईंले उडाएका थिए । हेलिकप्टर दुर्घटना हुँदा उनी घाइते भएका छन् । उनलाई फिस्टेल एयरको हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौं ल्याइँदै छ ।
बिहान लोबुचेको मौसम सफा भएपनि हेलिकप्टर असन्तुलित भएर ल्यान्ड गर्ने क्रममा दुर्घटना भएको हुनसक्ने नागरिक उड्डयन प्राधिकरणको अनुमान छ ।