काठमाडौँ । न्यूरोडको बाटो सांघुरो बनाउने काठमाडौँ महानगरपालिकाको योजनाको बिरोधमा स्थानीयले प्रदर्शन गरेका छन् । उनीहरुले साङ्लो बनाएर सांकेतिक बिरोध गरेका हुन् । महानगरले न्युरोड क्षेत्रमा पार्किङ हटाएपछि फुटपाथ बढाउने योजना बनाएको थियो । जसको निर्माण कार्य महानगरले केही दिनअघि सुरु गरेको थियो । फुटपाथको चौडाई बढाउने जिम्मा आरोग्य साइटेक जेभीलाई दिइएको छ । उक्त कम्पनीले यही जेठ ३ गते कार्यादेह पाएको हो । न्युरोड, धर्मपथ, शुक्रपथ, खिचापोखरीको फुटपाथ फराकिलो बनाउने महानगरको योजनाको बिरोधमा स्थानीय उत्रीएका हुन् ।
मंसिर ९, २०८१ आइतबार |