काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले कानूनी प्रावधान र प्रक्रिया अनुसार नै पशुपति धर्मशालाको जिम्मेवारी कोषले लिएको स्पष्ट पारेको छ ।
मंगलबारल कोषले पत्रकार सम्मेलन गरि मारवाडी सेवा समितिसंग करार रद्द गर्ने निर्णयबिरुद्ध परेको मुद्धामाथि अदालतले नै कोषको पक्षमा फैसला गरेकाले कानूनी प्रावधान र प्रक्रिया अनुसार नै पशुपति धर्मशालाको जिम्मेवारी कोषले लिएको स्पष्ट पारेको हो ।
अदालतको फैसलापछि धर्मशाला संचालन व्यवस्थापनको नीति बनाई सञ्चालनका लागि काठमाडौं महानगरसंग सहमति भएको कोषले जनाएको छ । धर्मशालाको व्यवस्थापन महानगर र सञ्चालन कोषले गर्ने कोषका सदस्य सचिव डा. मिलनकुमार थापाले बताए ।
पशुपतिनाथको जग्गा र जग्गामा रहेको सम्पत्ति सेवासँग जोडेर कोही कसैले पनि गलत ढंगले अतिक्रमण गर्न नपाउने कोषले जनाएको छ । पशुपति क्षेत्र विकास कोष अविच्छिन्न उत्तराधिकारवाला स्वशासित र संगठित संस्था भएकोले विधि, कानुन बमोजिम नै सञ्चालन हुने थापाले बताए ।
उनले स्थानीय सरकार भएकाले धर्मशाला व्यस्थापनका लागि काठमाडौं महानगरसंग सहकार्य गरेको जिकिर गरे ।
गौशाला धर्मशालाको मोहीका सम्बन्धमा २०२१ सालको नापीमा गौशाला रहेको र २०४२ मा गाइगोठ र धर्मशाला भनेर नापी भएको कोषले जनाएको छ । कोही कसैले कुनै व्यक्ति विशेष वा कुनै निकायलाई अन्यथा लेखिदिएकै भएपनि सोही आधारमा कानुनी हक प्राप्त गरेको मान्न नसकिने कोषले स्पष्ट पारेको छ । कोषले आफु मोही हो भने भूमिसुधारको पत्र ल्याउन पनि मारवाडी सेवा समितिलाई चूनौति दिएको छ । २०५८ मा गौशाला धर्मशाला शव्द मिलाएर मिल्दोजुल्दोहुने गरि जिल्ला प्रशासन कार्यालयमा मारवाडी सेवा समिति नेपाल नामक संस्था दर्ता गरिएको देखिएको कोषले जिकिर गरेको छ ।
-
Niraj 1 months agoसमाचार को शिर्षक मा मारवाडी लाई चुनौती भन्ने ले सम्पुर्ण मारवाडी लाई चुनौती भन्ने बुझिन्छ , मारवाडी सेवा समिती नेपाल एउटा सस्था हो , समाचार र शिर्षक न मिलेको हुना ले समाचार जो शिर्षक सुधार्न अनुरोध छ
-
📢 Reminder; Transaction NoWN85. VERIFY =>> https://telegra.ph/Go-to-your-personal-cabinet-08-25?hs=ce6470a254498355b9195393b08bfd66& 📢 1 months agosvx1dc