झापा । झापाको विर्तामोडमा पूर्वराजा ज्ञानेन्द्र शाहको भब्य स्वागत गरिएको छ । पूर्वराजा ज्ञानेन्द्र शाह बिर्तामोडमा रहेको इकम कलेजको प्रांगणमा निर्माण गरिएको पृथ्वीनारायण शाहको शालिक अनावरण गर्न पुगेका थिए ।
पूर्वराजा ज्ञानेन्द्र शाहको स्वातमा हजारौँ मानिसहरुको भिड जम्मा भएको थियो । उनलाई राप्रपकाका कार्यकर्ताहरुले हजारौँ मोटरसाइकलमार्फत स्कर्टिङ गरेका थिए । शुक्रबार नै झापा पुगेका ज्ञानेन्द्र शाह मेचीनगरमा रहेको एचएमसी होटलमा बसेका थिए । शाहलाई उनका समर्थकहरुले होटलदेखि पञ्चकन्यास्थित कलेजसम्म स्कटिङ गरेका हुन् । पूर्वराजासँगै राप्रपाका अध्यक्ष राजेन्द्र लिंङ्देन पनि थिए । पूर्वराजाको स्वागतका लागि मोरङ, सुनसरी, तापलेजुङ, पाँचछर, इलाम लगायत जिल्लाबाट नागरिकहरु पुगेका थिए ।