चैत्र ६, २०८०
स्थानीय बजारमा पहेँलो धातुको मूल्य प्रतितोला रु सात सयले बृद्धि भएको छ ।
गाउँपालिकाका सातवटै वडामा बाँदरको आतङ्क बढेपछि कर्मचारी नै नियुक्त गरेर बाली जोगाउन प्रयास थालिएको हो ।
अब मिटर ब्याजसम्बन्धी गुनासो भए जिल्ला प्रशासनको डेस्कमा तथा सोझै गृह मन्त्रालयको टोल फ्री नम्बर १११२ मा सम्पर्क गर्न सकिने छ ।
प्रधानमन्त्रीलाई सांसदहरुले सोध्ने प्रश्न यस अघिनै संसद सचिवालयमा बुुझाइसकेका छन् ।
बागलुङ बस दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या ९ पुगेको छ ।
चैत्र ५, २०८०
सुन तस्करीमा संलग्न देखिएपछि माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा नेपाल भारत सीमा नजिकबाट पक्राउ परे ।
बागलुङको निसीखोला गाउँपालिका–६ स्थित जाउलेपानीमा बस दुर्घटना हुँदा सातजनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् ।
सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले हिरासत बस्नु नपर्ने भएको छ ।
उदयपुरको कटारी नगरपालिकाको कार्यालयमा वडाध्यक्षहरुले तालाबन्दी गरेका छन् ।