राजनीतिदेखि तस्करीसम्म माहिर महरा !

सिधाकुरा

काठमाडाैँ । सुन तस्करीमा संलग्न देखिएपछि माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा नेपाल भारत सीमा नजिकबाट पक्राउ परे ।

रोल्पा जाने भन्दै कपिलवस्तु पुगेका महरा प्रहरीले आफूलाई नियन्त्रणमा लिन लागेको चाल पाएपछि रातो गाडी लिएर अलिगढवा नाकातर्फ हुँइकिएका थिए । उनलाई पक्राउ गर्न पकडी प्रहरी चौकीले सडकमा ब्यारिअर तेर्साएपनि उनको गाडी ब्यारिअर छलेर सीमा नजिक पुग्न लागेको थियो । तर प्रहरीले त्यही बिचमा पक्राउ गर्यो ।


तस्करीमा संलग्नता देखिएपछि जोगिन यसरी भाग्ने व्यक्ति सामान्य होइनन्, सम्भवत अहिलेसम्मकै तस्करीमा पक्राउ पर्ने उनी हाइप्रोफाइल व्यक्ति हुन् । 

४ पटक सांसद, ३ पटक उपप्रधान सहित ६ पटक मन्त्री, १ पटक सभामुख बनेका महरा सुन तस्करीको कसुरमा अहिले हिरासत पुगेका छन् । इलेक्ट्रिक चुरोट भेपमार्फत ९ किलो सुन तस्करी ब्रेक सुमा ल्याएको ६० किलो सुन तस्करीमा समेत महराको संलग्नता देखिएको थियो । यसअघि प्रहरीको सामान्य सोधपुछपछि उन्मुक्ति पाएका महराले यो पटक भने उपप्रधान तथा गृह मन्त्री रवि लामिछानेको निरन्तर चासोले उम्किन पाएनन्। 

कसरी पक्राउ परे महरा ?

सुन तस्करी सम्बन्धी जाँचबुझ गर्न बनेको आयोगले तस्करीमा महराको संलग्नता देखिएकाले कारवाही गर्न सिफारिस गरेको थियो । 

प्रतिवेदन पाएसँगै उपप्रधान तथा गृह मन्त्री रवि लामिछानेले प्रहरी प्रमुख बसन्त कुँवर र केन्द्रिय अनुसन्धान ब्युरो सीआइबीका प्रमुख एआईजी श्याम ज्ञवालीलाई आइतबारनै आयोगको सिफारिस तत्काल कार्यन्वयन गर्न निर्देशन दिएका थिए । गृहमन्त्रीको निर्देशनलगत्तै प्रहरीले महराको निगरानी सुरु गरेको थियो । महरा कपिलवस्तु पुगेको जानकारी पाएको प्रहरीले सोमबार बिहानैबाट महरालाई पक्राउ गर्ने तयारी गरेको थियो । 

करिब ९ बजे उनी कपिलवस्तुस्थित माओवादी नेता वलिक मुसलमानको घरमा बसका थिए । सोही समयमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । यस अघि सामान्य कागज मात्रै गराएर छोडेको सीआइबीले अहिले फेरी महरालाई पक्राउ गरेको छ । 


महरा माथिको आरोप के हो ?

२०७९ पुस १० गते फ्लाई दुबईबाट चिनियाँ नागरिक ली हानसङले ल्याएका ७ सय ३० वटा विद्युतीय चुरोट भेप भन्सारले जफत गर्यो ।

जफत भएको भेप छुटाउन महाराका छोरा राहुल महरा भन्सार विभागमै पुगे । भन्सारकै कर्मचारी र एजेन्टले भेपभित्र सुन भएको पत्तो पाएर त्यसलाई साटेर बेच्न समेत भ्याए । भेप नियन्त्रण परेपछि छुटाउनका लागि राहुल महराले शंकास्पद दबाब दिइरहेको थिए । जब अनुसन्धान भयो, तब चीनबाट सुन ल्याउने ली हानसङ कृष्णबहादुर महरासँग ११ पटकसम्म फोन सम्पर्क भएको देखियो ।

अनुसन्धानका क्रममा प्रहरीले तिन समुह बनाएको थियो । सुन ल्याउने, भन्सारबाट छुटाउने र बेच्ने । 

तीन ग्याङमध्ये महरा परिवार  ग्याङ नम्बर १ मा पर्छन् । अर्थात महराको समुहले चीनबाट सुन तस्करी गरेर नेपाल ल्याउने गरेको खुलेको थियो । सिआइबीका अनुसार उक्त ग्याङका चीनतर्फका नाइके लुइले नेपालमा सम्पर्क गर्ने व्यक्तिनै कृष्ण बहादुर महरा थिए । उनीहरूको निर्देशनअनुसार खटनपटनमा रहने अर्का हुन् चिनियाँ नागरिक दाओजिन वाङ । नेपालका लागि उनका २ सहयोगी छन्, व्यापारी तथा सवारी चालक लोकेन्द्र पौडेल र श्याम शाह । 

चिनियाँ दाओजिङ वाङको नियमित सम्पर्क नाइके लुई, कृष्ण महरा र उनका छोरा राहुल महरासँग हुने गरेको अनुसन्धानमा देखिएको छ । त्यसपछि वाङले काम सक्न लोकेन्द्र र श्यामलाई सम्पर्क गर्थे । 

चिनियाँ  लुई र कुष्ण महराको ११ पटक फोन सम्पर्क भएको छ । लुईका सहयोगी दाओजिङ वाङसँग पनि महराको ११ पटक फोन सम्पर्क भएको छ । उनै दाओजिङले महराका छोरा राहुल महरालाई ६४ पटक फोन सम्पर्क गरेका छन् भने राहुल महराले दाओजिङ वाङलाई १ सय ३३ पटक फोन सम्पर्क गरेका थिए ।

तस्करसँग सम्पर्क भएको देखिएपछि प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो सीआइबीले महरासँग पनि सोधपुछ गर्यो तर उनले आफूहरूबीच फलफूल व्यवसायसम्बद्ध कुरा भउको दाबी गरे । प्रधानमन्त्री देखि गृहमन्त्रीनै माओवादीका भएका बेला महराले सजिलै उन्मुक्ति पाएका थिए । यही घटनामा महरा पुत्र राहुल अहिले पुर्पक्षका लागी थुनामा छन्  

महरा राजनीतिकरूपमा शक्तिशाली मात्रै होइनन्, भ्रष्टाचार, बलात्कार देखि तस्करीसम्मका दाग बोकेका व्यक्ति हुन् । 

सुन तस्करको दाग लाग्नुअघि बलात्कारमा मात्र हैन, सांसद किन्न चिनियाँसँग पैसा माग्ने देखि लडाकु शिविरमा घोटाला गरेको समेत आरोप उनीमाथि छन् । 

४ पटक सांसद बनेका महरा ६ पटक मन्त्री बने, सञ्चार, परराष्ट्र, अर्थ, गृहमन्त्री समेत बनेका महरा सभामुख समेत बने । सुन तस्करीसँग जोडिएका अहिलेका अर्थमन्त्री वर्षमान पुन देखि पूर्व उपराष्ट्रपति नन्दकिशोरका पुनका पनि महरा गुरु हुन् अर्थात उनीहरूलाई महराले पढाएका पनि थिए । 

प्रधानमन्त्री प्रचण्डका युद्धकालीन हितैसी महराले शान्ति प्रक्रियामा आएपछि राजनीतिक पावरको दुरुपयोग मात्रै गरेनन्, नैतिकताविहीन समेत बने । 

महराको अपराध यात्रा 

सभामुख भएकै बेला सचिवालयकै कर्मचारी माथि बलात्कार आराेप 

२०६७ साल असोज १२ गते प्रतिनिधि सभाको सभामुख रहेको समयमा महराले संसद् सचिवालयमा कार्यरत एक महिला कर्मचारीलाई उनकै कोठामा पुगेर बलात्कारको प्रयास गरेको घटना सार्वजनिक भयो । 

प्रहरी घटनास्थलमा पुग्दा महिला घाइते अवस्थामा थिइन, उनको अनुहारमा चोट लागेको थियो भने कोठामा मदिराको बोतल भेटिएको थियो । प्रहरीको प्राविधिक अध्ययनपछि त्यस दिन महरा महिलाको घरमा गएको भेटियो भने ति महिलासँग महराको पहिलेदेखिनै सम्बन्ध रहेको पनि खुल्यो । 

असोज १४ गते सभामुखको सरकारी निवास बालुवाटारबाट महरा बलात्कार मुद्दामा पक्राउ परे । लगत्तै उनको सांसद पद गयो । पक्राउ परेपनि उनी हिरासत भने बस्नु परेन । करिब एक महिना उनी अस्पतालको भिआइपी शैयामा बसेर हिरासतको समय गुजारे । त्यसपछि भने काठमाडौँ जिल्ला अदालतले उनलाई पूर्पक्षका लागि थुनामा पठायो । सुरुमा बलात्कार आरोप लगाउँदै आएकी ति सरकारी कर्मचारीले विस्तारै बयान फेर्दै आइन । आफूलाई दबाब भएको दाबी गर्ने उनकै बयानका आधारमा पक्राउ परेको करिब ५ महिना पछि जिल्ला अदालतका न्यायाधीश अम्बराज पौडेलले महरालाई  सफाइ दिए । 

सांसद किन्ने चिनियाँसग ५० करोड माग्ने महरा 

महरा सुन तस्करीमा मात्रै चिनियासँग जोडिएका छैनन । उनलाई राजनीतिकरुपमा पनि चिनियाँ पक्षको पक्षपोषण रहँदै आएको छ । २०६७ सालमा सार्वजनिक भएको एउटा अडियोले त नेपालका सांसद खदिविक्री गर्न महराले चिनियाँसँग पैसा माागेको नै खुलासा भएको थियो । 

अडियोमा महराले माओवादीको नेतृत्वमा सरकार बनाउनका लागि सांसद खरिद गर्नुपर्ने भएकाले ५० करोड चाहियो नै भनेका थिए । तर उनलाई अनुसन्धान गर्ने कसले रु यो विषय पनि सार्वजनिक भयो सकियो  । 

लडाकु व्यवस्थापनको ४० करोड झ्वाम 

माओवादी शान्ति प्रक्रियामा आएपनि माओवादी लडाकु सिविरमै थिए । महरा तत्कालिन सरकारको सञ्चार मन्त्री बनेका थिए । उनै महराले लडाकु व्यवस्थापनका लागि भन्दै राज्यकोषबाट ४० करोड रुपैयाँ पेस्की रकम लगेका थिए । उक्त रकम फस्र्यौट भएन । बरु त्यसपछिको सरकारमा प्रधानमन्त्री बनेका डा। बाबुराम भट्टराईले महराले लडाकु व्यवस्थापनका नाममा लगेको ४० करोड अनुमोदन गरिदिए ।

अब प्रश्न उठ्न सक्छ यति गम्भिर मुद्दाहरुमा यसअघि महरालाई किन छानबिन भएन रु यसको जवाफ हो, माओवादीको शक्ति । 

कुनै समय थियो, माओवादी भित्र उनको सबै चल्थ्यो, कसलाई मन्त्री बनाउने, कसलाई कहाँ नियुक्त गर्नेदेखि कसरी सरकार बनाउने भनेर समेत प्रचण्डले उनकै सल्लाह मान्थे । त्यसको फाइदा महराले मज्जाले उठाइरहेका थिए । 

महराको राजनीति यात्रा

महराको राजनीतिक इतिहास विद्यार्थी संगठनको इकाईदेखि पार्टीको उपाध्यक्ष, संसदीय दलको नेतादेखि संसदको सभामुखसम्म छ ।

२०३५ सालबाट बिद्यार्थी राजनीतिमा लागेका महरा २०३९ सालमा शिक्षक संगठनका  केन्द्रीय नेता बनिसकेका थिए । 

शिक्षक संगठनमा रहेको महरा सोही समयमा पृथ्वीनारायण क्याम्पस पोखराको स्ववियू उपाध्यक्ष समेत थिए । २०४८ सालसम्म उनी साइन्स र म्याथका शिक्षक थिए । त्यसपछि भने तत्कालीन नेकपा मसालका जिल्ला सेक्रेटरी हुँदै २०४८ सालको पहिलो आम निर्वाचनमा नेकपा मसालले बनाएको संयुक्त जनमोर्चाका उम्मेदवार बनेर रोल्पाबाट निर्वाचित भए ।

तत्कालिन संयुक्त जनमोर्चाका संसदीय दलका नेता समेत बनेका महरा सशस्त्र युद्ध सुरु भएपछि नेकपा माओवादीको पश्चिमाञ्चल क्षेत्रीय ब्यूरो सदस्य बने । त्यसपछि केन्द्रीय सदस्य हुँदै २०५५ मा पोलिटब्यूरो सदस्य समेत बने । २०६१ सालमा नेकपा माओवादीको प्रवक्ता बनेका महरा २०६२ मा स्थायी समिति सदस्य र सचिवालय सदस्य बने  । माओवादी जंगल पसेपछि फरक फरक समयमा बनेको वार्ता टोली र वार्तामा महरा सहभागी हुन थाले । २०६३ सालको सरकारसँगको फाइनल वार्तामा महरा संयोजक थिए ।

त्यसपछि गिरिजा प्रसाद कोइरालाको नेतृत्वमा बनेको अन्तरिम सरकारमा महरा सञ्चारमन्त्री बने । २०६४ मा भएको पहिलो संविधानसभाको निर्वाचनमा दाङबाट निर्वाचित भएका उनले चुनावपछि २०६५ सालमा प्रचण्डको नेतृत्वको सरकारमा पनि सूचना तथा सञ्चार मन्त्रालय नै दोहोरर्याए । 

२०६७ सालमा उनी उपप्रधानमन्त्री र गृह मन्त्री बने । फेरि २०७० सालको निर्वाचनमा उनि रोल्पाबाट निर्वाचित भए भने २०७३ सालमा उपप्रधानमन्त्री र अर्थमन्त्री समेत भए । २०७४ मा दाङबाट निर्वाचित भएपछि पहिला उपप्रधानमन्त्री र परराष्ट्रमन्त्री भए  भने फागुबाट उनी सभामुख नै भए । 

उनी जति राजनीतिक रुपमा शक्तिशाली हुँदै थिए, त्यति नै विवादित बन्दै गएका थिए । सभामुख हुँदा बलात्कारको मुद्दामा सरकारी निवासबाट पक्राउ पर्नु सामान्य थिएन र अहिले पुन सत्तारुढ दल, प्रधानमन्त्रीकै पार्टी नेकपा माओवादीको उपाध्यक्ष भएको समयमा सुन तस्करमा संलग्न हुनु र पक्राउ पर्नुलाई सामान्यरुपमा हेर्न सकिदैन । अहिलेसम्म उनी आरोपित मात्रै हुन्, अब उनी दोषी वा निर्दोष छुट्याउने काम अदालतको हो ।

प्रतिक्रिया

Sidhakura Investigation

कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||

  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

The Reporter

कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....

  • कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....
  • बाढी पहिरोले अपुरणीय क्षति, कुन ठाउँको अवस्था कस्तो ? || SIDHAKURA ||
  • देउलाको बयानः ओजस्वीले हात समाते, मैले आइरनले डामेँ || SIDHAKURA ||
  • झापामा आयल निगमको २ विगाह जग्गा गायव, जग्गा बिक्रेताले हाले खिचलो मु*द्दा....
  • झ्याप्ले खोलामा भाग्यले बाँचेकाहरु भन्छन् : पहिरोले सँगैका गाडी पुर्यो, हामी भाग्यले....
  • झ्याप्ले खोला पहिरोः भाग्यले बाँचेकाहरुको बयान, प्रत्यक्षदर्शीले जे देखे || SIDHAKURA ||
  • बागमती पीडित भन्छन्ः यस्तो बाढी अहिलेसम्म देखेका थिएनौँ || SIDHAKURA ||
  • नख्खुकाे भेलमा बगेकालाई बचाउन बाढीमा हामफाल्ने चनिकलाल || SIDHAKURA ||
  • समाचार प्रकाशित भएको १८ घण्टा नबित्दै महानगरले चिरिच्याट्ट पार्यो गुह्येश्वरीको पार्क ||....
  • ७ करोडमा बनेको सार्वजनिक शौचालय र पार्कको बेहाल || Public Toilet Condition....
  • वैदेशिक रोजगारीको कहर : जस्तो गए त्यस्तै फर्किए अवदेश || SIDHAKURA ||
  • बैँगलुरु केस || BENGALURU CASE || SIDHAKURA ||
  • सुगर ड्याडी केसः देउलाले डार्क वेबमा भिडियो बेचेको आशंका || SUGAR DADDY....
  • चेतावनी सन्देशरहित विदेशी ‘आइकस’ चुरोट सेवन सिकाउन भव्य आउटलेट, अवैध व्यापारमा प्रशासन....
  • आउनुहोस, घुमौँ धरहरा || कस्तो छ धरहरा ? || DHARAHARA VIDEO TOUR
  • MBBS ENTRANCE मा गम्भिर लापरवाही! विद्यार्थीको भविष्यमाथि खेलवाड || SIDHAKURA ||
  • आशिष देउलाबारे प्रहरी भन्छ, यस्तो अहिलेसम्म देखिएको थिएन || SUGAR DADDY CASE....
  • आशिष देउला प्रकरणः अर्की एक किशोरी सम्पर्कमा, यस्तो छ बयान || EP-05....
  • सावधान ! महिलाबाट inDrive चालक यसरी ठगिए || SIDHAKURA ||
  • फेसबुकमा आलोचना गर्दा मेयरले हाले 'साइबर क्रा_इम'को मुद्दा ! || SIDHAKURA ||
  • सहकारीको १५ करोड ठ_गीमा धनराजका सबै दाबी झुटो || Dhanraj Gurung ||....
  • पैसा नभएको चेक काट्थिन ज्योति, पैसा माग्दा पीडितलाई हप्काउँथे धनराज || SIDHAKURA....
  • बेल्जियममा चुनाव लड्दै नेपाली || Nepalese election candidates in Belgium || SIDHAKURA....
  • अस्ताए बिपीन
  • श्री केश तेललाई जरिवाना तिराएर पुग्दैन, उत्पादन र वितरण रोक्नुपर्छ | SIDHAKURA....

Current Affairs

सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...||....

  • सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...|| SIDHAKURA ||
  • प्रधानमन्त्री ओलीमाथि खनिए दुर्गा प्रसाईं || SIDHAKURA ||
  • आरजुले भनिन्: अरु देशका महिला मन्त्री पनि म जस्तै गलत समाचारको सिकार....
  • जनतालाई मालिक मानेको छु, जनताको अदालत मेरा लागि सबैभन्दा ठूलो अदालत हो....
  • मुग्लिनमा रवि लामिछाने भेटिँदाथामिएनन् आँशु ||RABI LAMICHHANE || SIDHAKURA ||
  • दसैँअघि बिपी राजमार्ग नखुल्ने, अन्य राजमार्गको अवस्था के छ ? || SIDHAKURA....
  • सरकारले काम नगरेको सत्य हो, प्रश्नहरु उठछन् : Gagan Thapa || SIDHAKURA....
  • विपद व्यवस्थापनमा सरकार चुकेको भन्दे रवि कड्किएपछि... Rabi Lamichhane || SIDHAKURA ||
  • विरोधका लागि विरोध हो, सरकारले विपद् व्यवस्थापनमा राम्रो काम गरेको छ: KP....
  • बिपी राजमार्गको कन्तबिजोग, हिँडेरै जानेहरु भन्छन्, १ वर्ष यो बाटो नहिँड्नुहोला ||....
  • काठमाडौँमा निम्त्याएको वि*नाशलाई आकाशबाट हेर्दा || SIDHAKURA ||
  • राजमार्ग र गाउँनै स*खा*प | Sidhakura Update |
  • दाइको मोटरसाइकल लिएर साथीकोमा नोटबुक लिन जाँदै थिए राजन || SIDHAKURA ||
  • दशैँमा प्रहरीः ‘ड्रोनले गर्ने छ तपाईँको घरको सुरक्षा’ || SIDHAKURA ||
  • चीनबाट फर्किएका रास्वपा नेताहरु भन्छन्, ‘सभापति रवि लामिछानेलाई गरिएको टार्गेटको प्रतिवाद गछौँ’
  • सहकारी प्रकरणबारे रवि लामिछानेले के–के भने ? || Rabi Lamichhane LIVE ||....
  • रास्वपा नेताहरु भन्छन्, सरकारले मनलाग्दी गर्छ भने जनविद्रोह हुन्छ' || SIDHAKURA ||
  • काभा महिला क्लब च्याम्पिन टोलीको भव्य स्वागत || SIDHAKURA ||
  • मान्छे बेचेर राजनीतिमा आएको होइन,बेचिएको मान्छे बचाएर राजनीतिमा आएको हुँ: रवि लामिछाने
  • ‘रास्वपामाथि दुई तिहाइको रवैया देखाइयो, माफी नमागे प्रतिवाद हुन्छ ’ || SIDHAKURA....
  • रास्वपा पार्टी कार्यालयमा के भईरहेको छ ?
  • दुर्गा प्रसाईं पक्राउ || SIDHAKURA ||
  • अमेरिकामा बाख्रा पाल्ने नेपाली || SIDHAKURA ||
  • रास्वपा झन् उदाउदो गतिमा || SIDHAKURA ||
  • गगनलाई रविको जवाफ: प्रमाण छ भन्नेहरु पत्रकारले खोज्दा नभेटिने ठाउँमा बस्नु परेको....