सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले हिरासत बस्नु नपर्ने भएको छ ।
पक्राउ परेका महरालाई म्याद थपका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले जिल्ला अदालत काठमाडौँ पेश गरेको थियो । अदालतले उनलाई ४ दिन हिरासतमा राख्न आदेश दिएको छ । त्यस्तै उनको स्वास्थ्यस्थित खराब भएका कारण उनलाई ४ दिन अस्पतालमा राख्न आदेश दिएको हो ।
भेपमा लुकाएर तस्करी गरिएको सुन प्रकरणमा महराको संलग्नता देखिएको सीआईबीको प्रतिवेदनमा उल्लेख थियो । त्यस्तै सुन प्रकरणमा छानबिन गर्न बनेको उच्चस्तरीय आयोगले पनि उनलाई कारबाही गर्न सिफारिस गरेको थियो । आयोगको प्रतिवेदन अध्ययन गरेपछि उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले संलग्न सबैलाई कारबाही गर्न प्रहरीलाई निर्देशन दिएका थिए ।
त्यसपछि प्रहरीले महरालाई आज बिहान कपिलवस्तुबाट पक्राउ गरी काठमाडौँ ल्याएको थियो ।