१४ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विरोध स्वरुप प्रधानमन्त्रीले बोलाएको बैठा बहिस्कार गरेका छन् । उनले चाडपर्वको मुखमा आम उपभोक्ताहरुलाई मार पर्ने गरि सरकारले मूल्य बृद्धि गरेको भन्दै बैठक बहिस्कार गर्ने निर्णय हुन् ।
नेपाल आयल निगमले शनिबार राति १२ बजेपछि लागू हुने गरि पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २१५ रुपैयाँ बढाएको गरेपछि चौतर्फी आलोचना भईरहेको छ ।
लामिछानेले त्यसकै बिरोधस्वरुप बैठक बहिस्कार गरेको बताएका छन् । प्रधानमन्त्रीले सुन प्रकरणमा उच्चस्तरीय छानबिन आयोग गठनको विषयमा छलफल शिर्ष दलका नेताहरुलाई बोलाएका थिए । सभापति लामिछानेले सोही बैठक बहिस्कार गरेका हुन् । उनले थप कार्याक्रमबारे जानकारी गराउने बताएका छन् ।