पूर्वगृहमन्त्री रवि लामिछाने र बहालवाला गृहमन्त्री नारायणकाजी श्रेष्ठबीच सवाल जवाफ

सिधाकुरा

काठमाडाैँ : पूर्व उपप्रधान तथा गृहमन्त्री साथै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका रवि लामिछाने र बहालवाला उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठबिच सवाल जवाफ भएको छ ।  

बालकुमारी घटनाबारे जवाफ दिन सिंहदरबारमा बसेको राज्य व्यवस्था समितिको बैठकमा पुगेका गृहमन्त्री श्रेष्ठलाई लामिछानेले विभिन्न प्रकरणलाई लिएर आफूले सोचेको गृहमन्त्री र व्यवहारको गृहमन्त्री आकास जमिनको फरक रहेको बताएका थिए । त्यस्तै उनले इमानको राजनीति गर्ने श्रेष्ठ पदको लोभमा रहेको नारायणकाजी श्रेष्ठमा रुपान्तरित भएको आरोप लगाएका थिए । त्यस्तै उनले नक्कली भुटानी शरणार्थी प्रकरण, सुन प्रकरणमा गृह प्रशासन निकम्मा भएको आरोप लगाएका थिए । 

लामिछानेले गृहमन्त्रीले तस्करहरुलाई जोगाउन प्रहरीलाई प्रभावित पारेको र प्रहरीलाई काम गर्न नदिएको आरोप लगाएका छन् । साथै गृहमन्त्रीको प्रेस संयोजकले मिडियालाई प्रभावित पार्न दर्जन पत्रकारलाई पठाएको म्यासेज पनि आफूसँग सुरक्षित रहेको समेत बताएका छन् । उनले भने, ‘२०८० साउन २ मा बरामद भएको १५५ मिलो ब्रेक शु सहितको सुनमा १४ साउनसम्म महत्वपूर्ण उपलब्धीसहित राजश्व अनुसन्धान विभागले अनुसन्धान गरेको थियो । तपाईँले अनेक बलबुतो लगाएर प्रहरीमा ल्याउने बल गर्नुभयो । अनुसन्धानलाई ढिसमिस गर्न प्रयत्न निरन्तर गर्नुभयो ।’

त्यसको खण्डन गर्दै गृहमन्त्री श्रेष्ठले भने, ‘म गएपछि बुझ्नुहोला, भोलि–पर्सि बुझ्नु होला । आईजी मात्र होइन, एआईजीसँग बुझ्नु होला, डीआईजीसँग बुझ्नु होला, एसएसपीहरुसँग बुझ्नु होला  । स्वतन्त्र रुपमा सिस्टममा काम गर्ने वातावरण दिइएको छ, हस्तक्षेप होइन ।’

त्यस्तै सभापति लामिछानेले ६० किलो सुन तस्करी प्रकरणमा कानुनमा राजश्व चुहावटको मुद्दा प्रहरीले नभएर राजश्व अनुसन्धानले विभागले अनुसन्धान गर्ने कानुनी प्रावधान रहेको बताउँदै आफ्ना मान्छे जोगाउन विभागबाट खोसेर प्रहरीलाई बुझाएको आरोप लगाएका थिए । ‘अवैध सुन, हुण्डी कारोबार, राजश्व छली अनुसन्धानलगायतका विषय राजश्व अनुसन्धान विभागले गर्ने हो । राजश्व चुहावट सम्बन्धी ऐन २०५२ र विदेशी विनिमय नियमित गर्ने ऐन २०१९ ले नै सो व्यवस्था गरेको छ । तर त्यो अनुसन्धान दावा छिरिङ पक्रियलगत्तै प्रहरीलाई बुझाउनु भयो तपाइँले र फासफुुस पार्नुभयो । तपाईँलाई तपाईँको नजिक रहेका झलकराम अधिकारीको बारेमा जानकारी गराएँ । जुन जुन सामान विमानस्थलबाट बरामद भएको थियो त्यही सामानको फोटो उनलाई पुगेको थियो । चाहे तत्कालिन आइजीको कुराकानी होस् । यो सिंगो कनेक्सनमा तपाईँको प्रभाव, तपाईँको सक्रियता आफ्ना मान्छे जोगाउनेतिर लाग्यो । फाइल खोलेँ भन्नुभयो, फाइल खोल्दा तपाइँका मान्छेहरुको अनुहार झलझली देखियो, त्यसकारण तपाईँले त्यसलाई प्रभावित गर्नुभयो ।’, उनले भनेका थिए । 

त्यसको खण्डन गर्दै गृहमन्त्री श्रेष्ठले अनुसन्धान प्रहरी मातहत लान माग गर्नेमध्ये रवि लामिछाने नि एक भएको र उनले उक्त कदमको धन्यवाद समेत दिएको बताए । उनले भने, ‘त्यो माग गर्नेमध्ये उहाँ हो एउटा । यो त संगठित अपराध हो नि, राजश्व अनुसन्धानमा राखेर हुन्छ भनेर माग गर्ने मध्ये एउटा उहाँ हो । त्यो निर्णय गरेपछि ठीक गर्नुभयो भनेर धन्यवाद दिनेमध्ये उहाँ पर्नुहुन्थ्यो ।’

त्यस्तै ६० किलो सुन प्रकरणमा लामिछानेले गृहमन्त्रीको प्रेस संयोजकले मिडियालाई प्रभावित पार्न दर्जन पत्रकारलाई पठाएको म्यासेज पनि आफूसँग सुरक्षित रहेको समेत बताएका छन् । उनले भनेका थिए , ‘२०८० साउन २ मा बरामद भएको १५५ मिलो ब्रेक शु सहितको सुनमा १४ साउनसम्म महत्वपूर्ण उपलब्धीसहित राजश्व अनुसन्धान विभागले अनुसन्धान गरेको थियो । तपाईँले अनेक बलबुतो लगाएर प्रहरीमा ल्याउने बल गर्नुभयो । अनुसन्धानलाई ढिसमिस गर्न प्रयत्न निरन्तर गर्नुभयो ।’

त्यसको प्रतिवाद गर्दै गृहमन्त्री श्रेष्ठले प्रतिशोध शून्य राखेर दोष छ भने सबैलाई कानुनको दायरामा ल्याइने गृहमन्त्री बताएका छन् । 

त्यस्तै गृहमन्त्री श्रेष्ठले लामिछानेलाई  इंगित गर्दै आफूले पहिला गरेको गल्तीमा कुनै कारणले छुट पायो भन्दैमा पछाडि पनि त्यस्तै हुन्छ भनेर कल्पना नगर्न चेतावनीसमेत दिएका छन्  ।

प्रतिक्रिया

Sidhakura Investigation

कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||

  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

The Reporter

सावधान ! महिलाबाट inDrive चालक यसरी ठगिए || SIDHAKURA ||

  • सावधान ! महिलाबाट inDrive चालक यसरी ठगिए || SIDHAKURA ||
  • फेसबुकमा आलोचना गर्दा मेयरले हाले 'साइबर क्रा_इम'को मुद्दा ! || SIDHAKURA ||
  • सहकारीको १५ करोड ठ_गीमा धनराजका सबै दाबी झुटो || Dhanraj Gurung ||....
  • पैसा नभएको चेक काट्थिन ज्योति, पैसा माग्दा पीडितलाई हप्काउँथे धनराज || SIDHAKURA....
  • बेल्जियममा चुनाव लड्दै नेपाली || Nepalese election candidates in Belgium || SIDHAKURA....
  • अस्ताए बिपीन
  • श्री केश तेललाई जरिवाना तिराएर पुग्दैन, उत्पादन र वितरण रोक्नुपर्छ | SIDHAKURA....
  • पाइप काट्ने कैँचीले गो*य अङ्ग का*न खोजे, अनी आइरनले डामे | SUGAR....
  • सहकारी को १५ करोड ठ*गीमा धनराज: नक्कली डिभोर्सदेखि नक्कली साधारणसभा ? ||....
  • सहकारी ठगीमा धनराजको बयानः सहकारीकै कारण श्रीमतीले छोडी || SIDHAKURA ||
  • ‘श्री केश तेलको भ्रमपूर्ण प्रचारमा पूर्व राष्ट्रपति देखि प्रधानमन्त्री र कलाकारसमेत प्रयोग....
  • आशिष देउलाबाट या*ना भोगेका अर्का पीडितको बयान || SUGAR DADDY CASE ||....
  • मलाई ड्रिल मेसिन हानौँ कि आइरनले पोलौँ भने, मैले बाँच्ने आशमा आइरन....
  • सुगर ड्याडीको नकाावभित्र लुकेको अ*क*ल्पनीय अ*प*राध ! || SUGAR DADDY CASE ||....
  • होसियार ! 'फेसबुकका साथिले भारतमा बेचिदिए' || SIDHAKURA ||
  • पेटको अप्रेसन गर्दा चल्न छोड्यो चित्रप्रसादको खुट्टा, अस्पतालले लापरवाही गरेको आरोप ?....
  • बेल्जियममा बढ्दो चोरी, नेपालीहरुको घर टार्गेटमा || SIDHAKURA ||
  • नाडा अटो शो २०२४ : यस्ता छन् सबैभन्दा सस्ता र महंगा गाडी....
  • श्रीमति र छोरी बचाउन बुद्धको संघर्ष : छोरीको उपचार गर्दागर्दै श्रीमतिको मृगौलामा....
  • ओली र देउवाविरुद्ध ना*राबा*जी गर्नेहरु धमाधम पक्रा*उ || SIDHAKURA ||
  • बालिका बन्धक बनाउने सांसदमाथि अनुसन्धान गर्न प्रहरीको आनाकानी ! || SIDHAKURA ||
  • खोला मिच्न एमालेको दाउ, बालेनकाे प्रतिकार || THE REPORTER || SIDHAKURA ||
  • आफ्नै का_ल बन्यो ममताको प्रेम || Mamata Kafle || SIDHAKURA ||
  • के गठ्ठाघरमा ट्राफिक प्रहरीको गल्ती देखिन्छ ? || SIDHAKURA ||
  • बिग्रिएको श्री एअरलाइन्स-दोष यात्रुलाई ? कमजोरी ढाकछोप यस्तो झुठ! || Shree Airlines....

Current Affairs

७९ काे चुनाव निम्ता कार्ड थियाे....

  • ७९ काे चुनाव निम्ता कार्ड थियाे ८४ काे चुनावमा देखाइदिन्छाैँ : रवि....
  • सबै शक्ति परिचालन गर्दा पनि रवि दाेषी देखिएनन् : शिशिर खनाल ||....
  • रवि निर्दोष भएपछि रास्वपा सांसद्हरुको प्रतिक्रिया || SIDHAKURA ||
  • निर्दोष भएपछि के भन्छन रवि लामिछाने ? || SIDHAKURA ||
  • सहकारीमा खाता, धितो, ऋणीदेखि सम्बन्ध बिच्छेद पनि फेक छन्ः संसदीय समिति संयोजक....
  • संसदीय छानबिन विशेष समितिको अन्तिम निष्कर्ष ‘सहकारी ठगीमा रवि लामिछाने निर्दोष’ ||....
  • 'सहकारीकाे रकम गाेरखा मिडियामा ल्याउने कार्यमा रवि लामिछानेको संलग्नता देखिएन' || SIDHAKURA....
  • प्रतिनिधिसभा बैठक LIVE
  • संसदमा हङ्गामा || SIDHAKURA ||
  • उपसभामुख इन्दिरा राना गलल व्यक्ति होइनन्, उनीप्रति गर्व छः रास्वपा || SIDHAKURA....
  • उपसभामुखलाई कारबाही गर्ने सोच्दै हुनुहुन्छ भने त्यो गल्ती हुन्छ, घातक हुन्छ :....
  • उपसभामुखलाई लक्षित गर्दै गोकुल बास्कोटा भने ‘म माथि प्रश्न उठ्दा मैले राजीनामा....
  • सहकारीको रकम ठगेको अरोपपछि धनराजले भने, ‘छानबिनका लागि तयार छु’ || SIDHAKURA....
  • नेतालाई गाली गरेको भिडियो शेयर गरेकै भरमा मुद्दा हालेपछि सोविता आक्रो*सित ||....
  • काँग्रेस र एमालेले सङ्ख्याका बलमा लोकतन्त्रमाथि धावा बोले सडकबाट प्रतिरोध हुन्छ :....
  • सहकारी ठगीमा कांग्रेसकै सांसद धनराज गुरुङविरुद्ध कांग्रेसले रोष्ट्रम घेराउ गर्छ गर्दैन ?गणेश....
  • भ्रष्टाचारका फाइलको अनुसन्धान गर्ने सरकारकाे छनक देखिएन : रवि लामिछाने || SIDHAKURA....
  • ढोरपाटनमा दुई सय ८० रोपनी जग्गा चक्लाबन्दी गरि स्याउ खेती || SIDHAKURA....
  • सरकारविरुद्ध अनावश्यक हल्ला फैलाउन खोजियाे: प्रधानमन्त्री ओली | Kp Sharma Oli |
  • रास्वपाको सफलता देखेर लखेट्ने काम भएको छ : डिपि अर्याल || SIDHAKURA....
  • टेस्लाको सोरुममा आगलागी | SIDHAKURA |
  • ‘चिकित्सा क्षेत्रमा ब्लण्डर गल्ती गर्ने छुट छैन’ || SIDHAKURA ||
  • पलेशाको भव्य स्वागत || SIDHAKURA ||
  • बालेनलाई सुनिताको प्रश्नः हतारमा निर्णय गर्ने, फुर्सदमा पछुताउने ? || SIDHAKURA ||
  • वडाध्यक्षले मेयर बालेनलाई गोदी मिडिया चलाएको आरोप लगाएपछि... || SIDHAKURA ||