रौतहट । रौतहटमा १ बर्षको समयमा सवारी दुर्घटनामा परेर ४१ जनाको मृत्यु भएको छ । अघिल्लो आर्थीक बर्षको तुलनामा जिल्लामा सवारी दुर्घटनासँगै मृत्यु हुनेको सङ्ख्यामा कमी आएको तथ्यांकमा उल्लेख छ । जिल्लाको बिभिन्न स्थानमा भएका ४९६ सवारी दुर्घटनामा परेर महिला, पुरुष, बालबालिका गरी ४१ जनाको मृत्यु हुनुका साथै ७८५ जना घाईते भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख,प्रहरी निरीक्षक सुशील आचार्यले जानकारी दिए । अघिल्लो आर्थिक वर्षको तुलनामा सवारी दुर्घटना र मृतकको संख्यामा समेत कमी आएको छ। अघिल्लो आर्थिक वर्षमा रौतहटमा ६४५ सवारी दुर्घटनामा परेर ५० जनाको मृत्यु भएको थियो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका अनुसार गत आर्थिक वर्ष २०८०र८१ मा ४१ को मृत्यु भएको र नियम बिपरित चलेका झण्डै १७ हजार सवारी साधन कारवाहीमा परेका छ्न । नियम विपरित चलाईएका सवारीसाधनको कारबाहीबाट १ करोड ५० लाखभन्दा बढी राजश्व संकलन भएको छ ।
गत साउन देखि यही बैशाख १० गतेसम्म नियम बिपरित चलेका १६ हजार ९९१ सवारी साधन लाई गरिएको कारबाही बाट कुल १ करोड ५६ लाख,६३ हजार रुपैयाँ राजश्व संकलन गरिएको प्रहरी निरीक्षक आचार्यले जानकारी दिए ।