राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पुराना दललाई ४ वर्षमा ४ वटा मात्रै सही निर्णय गरेर देखाउन चुनौती दिएका छन् ।
फेसबुकमा स्टाटस लेख्दै लामिछानेले २००७ साल देखि मिसनमा रहेका पुराना दलले मिसन ८४ भन्न नसुहाउने भन्दै अबका ४ वर्ष मुलुक सुधार गर्न चुनौती दिएका हुन् । लामिछानेले २०८४ मा कि राजनीतिको एउटा सटर त बन्द हुनै पर्छ भन्दै पुराना दललाई एडभान्समा घन्टी बजाएर सचेत गरेको बताएका छन् ।
"सम्पूर्ण पुराना दलहरूलाई अपिल देशमा व्याप्त बेथितिलाई ठिक गर्ने अन्तिम अवसरका रुपमा अब यो ४ वर्ष तपाईँहरू सबै मिल्नुस् । देशका तमाम समस्या सुल्झाउन हामी बाहेकको सहमतिय सरकार बनाउनुस् । हामी प्रतिपक्षी मोर्चा सम्हाल्छौ । यो अवसरको सदुपयोग गरेर ३३ वर्षमा गरेका गलत काम सच्याउने हो कि मिलेमतो गरेर तिनलाई ढाक छोप गरी प्रमाण लुकाएर अपराधीहरूलाई छुटाउने बचाउने हो त्यो तपाईँहरूको जिम्मा । तर मिशन ८४ भनेर तपाईँहरूले भनेको त फिटिक्कै सुहाएन । तपाईंको लागि त मिसन ८० नै छ त१ मिसन ०७ साल देखि निरन्तर मिसन नै मिशन थियो त ११ केही नभए पनि मिसन ६३ देखि त अवसर नै अवसर थियो होला। अझ मिसन ८०, मिसन ८१, मिसन ८२, मिसन ८३ छँदै छ त! यो ४ वर्ष सबै मिलेर यसरी काम गर्नुस् कि हामी जस्ता नयाँ, लोकरिझ्याई वाला, सिद्धान्त नभएका, आफ्नै सहिद नभएका दललाई पुरै असान्दर्भिक बनाइदिनुस्। ४ र ४ वर्ष बाँकी छ, गर्नुस् काम र देखाइदिनुस् आफ्नो अपार क्षमता। जनताले तपाईँहरूलाई यसरी भोट दिउन् कि हाम्रो जमानत जफत होस् । ४ वटा सहि निर्णयले मात्रै पनि मुलुकमा धेरै सुधार हुन सक्छ, तपाईंहरूसँग ४ र ४ वर्ष छ। गर्नुस् निर्णय र देखाइदिनुस् हामी सबैलाई । राजनीतिको एउटा सटर त बन्द हुनै पर्छ हजुर कि तपाइको कि हाम्रो। ४ वर्ष अघि नै एड्भान्समा घण्टी बजाएर सचेत गराएको छु, सोच्नु होला ।"