काठमाडौँ । व्यवसायी जितेन्द्र सैनी चेक बाउन्सको आरोपमा पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले सैनीलाई पक्राउ गरेको हो । उनी नेपालमा चिनी, दाल र चामलको कारोबार गर्ने एसडीजी ग्रुपका प्रबन्ध निर्देशक हुन् ।
व्यवसायी गणेश उप्रेतीको चेक बाउन्सको जाहेरी पछि २६ वैशाखमा सैनीलाई पक्राउ गरेर जिल्ला प्रहरी परिसर काठमाडौँमा बुझाइएको काठमाडौँ अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
सैनीमाथि २ करोड ८३ लाख रुपैयाँ चेक बाउन्सको आरोप छ । चिनी र खाद्यान्नको कारोबार गर्ने सैनीमाथि चेक बाउन्सको मुद्दामा अनुसन्धान जारी रहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
‘चेक बाउन्स मुद्दामा पक्राउ पुर्जी जारी भएपछि २६ गते पक्राउ परेका उनीमाथि अदालतबाट ५ दिन म्याद थप गरेर थप अनुसन्धान अघि बढाइएको छ, जिल्ला प्रहरी परिसर काठमाडौँ स्रोतले सिधाकुरासँग भन्यो ।