
१० असोज, काठमाडौं । काठमाडौं महानरपालिका र अभियन्ता ईः बीच सहमति भएको छ ।
मंगलबार भएको वार्तामा चार बुँदे सहमति पत्र तयार भएको थियो । तर, अन्तिम अर्थात चौथो बुँदामा कुरा नमिल्दा वार्ता भाँडिएको थियो ।
बुधबार फेरि भएको छलफलपछि चौथो बुँदालाई थप संशोधन गरेर सहमति जुटाइएको छ ।
सहमतिपछि ईःले आन्दोलन स्थगित गरेका छन् ।
आश्विन ११, २०८० ०१:१८ मा प्रकाशित