त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख तथा प्रहरी नायब महानिरीक्षक अर्जुन चन्दले राजीनामा नबुझाएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
कार्यालय प्रमुख चन्दले आफूले पदबाट राजीनामा बुझाएको अभिव्यक्ति दिँदै गर्दा प्रहरी केन्द्रिय प्रवक्ता डिआइजी भिमप्रसाद ढकालले भने आफूहरुकहाँ उक्त पत्र नआएको अभिव्यक्ति दिएका छन् । सिधाकुरासँगको कुराकानीमा उनले भने, ‘राजीनामा दिएको आजसम्म हामीलाई थाहा छैन् । उहाँको पत्र यहाँ (कार्यालयमा) आएको छैन् ।’
डिआइजी चन्दले गत शुक्रबार राजीनामा बुझाएको बताएका थिए ।