काठमाडाैँ । विद्युतीय कारोबार ऐनअन्तर्गत पक्राउ परेका दुर्गा प्रसाईंलाई अदालत पेश गरिएको छ । असोज २ गते पक्राउ पूर्जी जारी भएर आइतबार पक्राउ परेका प्रसाईंलाई अनुसन्धान गर्न म्याद लिनका लागि काठमाडौँ जिल्ला अदालत पेश गरिएको हो ।
प्रकाउ गरेसँगै साइबर ब्यूरो पुर्याइएका उनलाई प्रहरीले अदालत लगेको हो । उनलाई अदालत लग्ने क्रममा अवरोध गर्ने उनका एक समर्थकलाई प्रहरीले गिरफ्तार गरेको छ ।