काठमाडौँ । काठमाडौँको नयाँ बानेश्वर क्षेत्रमा किनमेल गर्दा ग्राहकले उपहार पाउने भएका छन् । नयाँबानेश्वर व्यापार व्यवसायी सङ्घले दशैं, तिहार र छट पर्वको उपलक्ष्यमा ग्राहकहरूका लागि उपहार योजना अघि सारेको हुन् ।
संघका अनुसार आश्विन ७ गते देखी कार्तिक २२ गते सम्म यो उपहार योजना लागू हुनेछ । यो अवधिमा सो क्षेत्रका पसलहरूमा किनमेल गर्ने ग्राहकहरूले उपहार कुपन प्राप्त गर्ने र सोही कुपनका आधारमा उपहारका विजेता छनोट गर्ने सङ्घले जनाएको छ ।
ग्राहकले प्राप्त गर्ने कुपनलाई गोलाप्रथाद्वारा भाग्यशाली ३० जना महानुभावलाई उपहारहरू प्रदान हुने संघले विज्ञप्तिमा भनेको छ । प्रथम उपहार मोटरसाइकल दोस्रो उपहार ५५ इन्च टेलिभिजन, तेस्रो उपहार २५३ लिटरको फ्रिज, चौथो उपहार ८ केजीको वासिङ मेशिन लगायत रहेका छन् ।