त्रिकोणात्मक टी–२०आई शृङ्खलाको फाइनलमा नेपालले आठौँ विकेट गुमाएको छ । नेपालले आठौँ विकेटको रुपमा सोमपाल कामीलाई गुमाएको हो । कामी १७.४ ओभरमा आउट भएका हुन् । युएईविरुद्धको खेलमा उनले ८ बल खेल्दा १३ रन जोडे ।
यसअघि गुल्सन झा ८ बलमा ५ रन बनाएर आउट भएका थिए । उनी १६.१ ओभरमा आउट भएका हुन् ।
यसअघि सन्दीप जोरा जोरा १५.१ ओभरमा आउट भएका थिए । उनले १० बल खेल्दा १० रन जोड्न सफल भएका थिए ।
यसअघि कप्तान रोहित पौडेल र दिपेन्द्रसिंह ऐरी एकै ओभरमा आउट भएका थिए ।
रोहित पौडेल १७ बलमा १८ रन बनाउँदै १२.१ ओभरमा आउट भएका हुन भने ऐरी १५ बलमा २० रन बनाउँदै १२.४ ओभरमा आउट भएका हुन् ।
त्यस्तै कुशल भुर्तेलले २८ बलमा ३ छक्का र ६ चौका मद्दतमा ५० रन बनाएका हुन् । अर्धशतक बनाएपछि थप एक बलको सामना गरेका उनी आउट भए ।
त्यसअघि अर्का ओपनर आसिफ शेख ७ रनमा आउट भए । उनलाई युएईका आयान खानले पाँचौ ओभरको अन्तिम बलमा बोल्ड गरेका थिए । यस्तै कुशल मल्ललाई पनि आयानले १ रनमा बोल्ड गरेका थिए ।
सिरिजमा नेपालले लिग चरणका चारै खेल जितेर फाइनलमा स्थान पक्का गरेको थियो ।
अर्को सातादेखि काठमाडौंमा सुरु हुने टी–२० विश्वकप छनोटअघि नेपालले युएई र हङकङविरुद्ध टी–२० सिरिज