काठमाडौँ । काठमाडौँमा स्मार्ट पार्किङ सञ्चालनका क्रममा भएको घोटलामा संलग्न रहेको समान सहकारीमाथि राजश्व छलि र सम्पत्ति शुद्धिकरणमा पनि अनुसन्धान हुने भएको छ । सहकारीमाथि थप अनुसन्धानका लागि राजश्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धिकरण विभागलाई सिफारिस गर्ने तयारी गरिएको महानगरपालिका स्रोतले जनाएको छ ।
महानगरपालिकासँग स्मार्ट पार्किङ सम्झौता भएको कम्पनीका सञ्चालकहरुले सञ्चालन गर्ने सो सहकारीमा पार्किङको अवैध रकम राखिने गरेको ठहर छ । २०७५ सालमा तत्कालिन मेयर बिद्यासुन्दर शाक्यले पार्किङका लागि ठेक्का पाएको सो कम्पनीले करोडौं रुपैयाँ अपचलन गरेको खुलासा शुक्रबार सिधाकुराले गरेको थियो । लगत्तै काठमाडौं महानगरले सो सहकारीलाई सिल गरेर कागजात नियन्त्रणमा लिएको थियो ।
काठमाडाैँकाे पार्किङ व्यवस्थापन गर्ने कम्पनीकाे पैसा राख्ने सहकारीमा महानगरले छापा मारेर लगायाे सिल
‘सहकारी प्रदेश मातहत दर्ता भएकोे रहेछ । सहकारी ऐन अन्तर्गत थप कारबाहीको अधिकार प्रदेशलाई हस्तान्तरण गरेका छौं,’ महानगर स्रोतले भन्यो, ‘हामीसँग भएको प्रमाणका आधारमा थप कारबाहीका लागि राजश्व अनुसन्धान र सम्पत्ति शुद्धिकरण विभागमा सिफारिस गर्छौँ ।’
न्यूरोडमा रहेको सहकारीको सबै हिसाब किताब शंकास्पद देखिएको महानगरपालिकाले जनाएको छ । सहकारीमाथि थप कारबाहीका लागि प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरासँग पनि समन्वय र परामर्श गरेको महानगरले जनाएको छ ।
शुक्रबार सहकारीको दर्ता र सामान्य विवरणसमेत कर्मचारीले नदेखाएको सो बचत तथा ऋण सहकारी बागमति प्रदेशमा दर्ता रहेको पाइएपछि कागजात गराएर सिल भने खोल्न दिएको महानगरले जनाएको छ । महानगरको पार्किङ ठेक्का पाउने कम्पनी ह्वील्स ट्रूली योर्सको सञ्चालक र सो सहकारीको अध्यक्ष राजिब श्रेष्ठ नाम गरेका व्यक्ति हुन् ।
न्यूरोडको 'समान सहकारी'मा जम्मा हुन्थ्यो महानगरलाई छलेर उठाइएको पार्किङकाे रकम
बिद्यासुन्दरको ‘स्मार्ट पार्किङ’ परियोजनामा कम्तिमा ३ अर्ब भ्रष्टाचार