काठमाडाैँ। काठमाडाैँकाे पार्किङ व्यवस्थापन गर्ने कम्पनीले पार्किङबाट जम्मा गरेकाे अवैध रकम राख्ने गररेकाे एक सहकारीमा महानगरले छापा मारेकाे छ । महानगरका मेयरकाे सचिवालयलाई प्राप्त गोप्य सूचना र सिधाकुरामा स्मार्ट पार्किङमा भ्रष्टाचार सम्बन्धी समाचार प्रकाशन भएपछि महानगरले शुक्रबार साँझ पार्किङ व्यवस्थापन गर्ने कम्पनीले सञ्चालन गर्ने सहकारीमा छापा मारेकाे हाे । सिधाकुराले शुक्रबार 'बिद्यासुन्दरको ‘स्मार्ट पार्किङ’ परियोजनामा कम्तिमा ३ अर्ब भ्रष्टाचार" शिर्षकमा प्रकाशन गरेकाे थियाे ।
बिद्यासुन्दरको ‘स्मार्ट पार्किङ’ परियोजनामा कम्तिमा ३ अर्ब भ्रष्टाचार
साे कम्पनीले सञ्चालन गरिरहेकाे एक सहकारीमा महानगरकाे सहकारी विभाग, मेयरको स्वकीय सचिवालय,सहकारी विज्ञ, नेपाल प्रहरीसहित पुगेर सिल गरिएकाे महानगरले जनाएकाे छ ।
उक्त पार्किङ व्यवस्थापन कम्पनीको कारोबार रहेको काठमाडौँ न्युरोड स्थित समान बचत तथा ऋण सहकारी संस्थामा छड्के अनुगमन गरेको महानगर स्राेतले सिधाकुरालाई बतायाे । 'अनुगमनका क्रममा कुनैपनि विवरण नियम संगत तवरले राखिएको भेटिएन । अनियमितताको प्रशस्त आधारहरू देखिएको र अनुसन्धानका लागि चाहिने विवरण उपलब्ध नगराएकोले सम्पूर्ण विवरण पेश नगर्दासम्मका लागि सहकारीको कार्यालय सिल गरिएको छ,' स्राेतले भन्याे,' महानगरले थप अनुसन्धान र कार्वाहीका निम्ति सरकारका अन्य निकायसँग परामर्श गरिरहेको छ ।'