पोखरा । सहकारी प्रकरणमा पक्राउ परेका नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलाई बुटवल लगिएको छ । कास्की हिरासतमा रहेका जोशीलाई दिउँसो ३ बजे बुटवल पुर्याइएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता डीएसपी लक्ष्मी खनालले बताए ।
इलाका प्रहरी कार्यालयको हिरासतमा राखेर उनी अनुसन्धान हुने प्रहरीले जनाएको छ । बुटवलमा बयान सकिएपछि पुन उनलाई पोखरा पठाइने प्रहरीले जनाएको छ।