झापा । रास्वपा झापाले एमालेको नयाँ केन्द्रीय भवन निर्माणका लागि १५ रुपैयाँ सहयोग पठाएको छ। जिल्लाका १५ पालिकाबाट रु १ का दरले १५ रुपैयाँ सङ्कलन गरी प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोला मार्फत एमालेलाई पठाइएको जिल्ला उपसभापति प्रकाश पाठकले बताए ।
माफिया र भ्रष्टको सहयोगबाट एमालेको केन्द्रीय भवन निर्माण सुरु भएपछि रास्वपा झापाले साङ्केतिक रुपमा त्यसको विरोध जनाउँदै सहयोग पठाएको हो । एमालेको पार्टी कार्यालय निर्माणका लागी सहयोग गर्न अन्य दलहरूलाई रास्वपा झापाले आग्रह गरेको छ ।