
काठमाडौँ । नुवाकोटको सूर्यचौरमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। घटनास्थलमा उद्धारका लागि खटिएका इलाका प्रहरी कार्यालय सूर्यचौर शिवपुरीका एक प्रहरी जुनियर अधिकृतका अनुसार ४ पुरुष र १ महिलाको शव घटनास्थलबाट निकालिएको छ।
मृत्यु हुनेमा पाइलट अरुण मल्ल र ४ चिनियाँ नागरिक रहेका छन् ।



श्रावण २३, २०८१ ०३:५१ मा प्रकाशित