
धादिङको गजुरीमा भएको बस दुर्घटनामा ८ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ८ जना घाइते भएका छन् ।
दुर्घटनामा २ महिला र ६ पुरुष गरी ८ जनाको मृत्यु भएको प्रहरीले जनााएको छ ।
काठमाडौंबाट पोखरा जाँदै गरेको प्रदेश ३–०१–००५ख९९५२ नम्बरको बस बिहन ११ बजे काठमाडौंबाट छुटेको थियो ।
भाद्र ६, २०८० ०४:३२ मा प्रकाशित