काठमाडौँ । काठमाडौँमा फुटपाथ व्यवसायीमाथि हातपात भएको विरोधमा श्रमजीवी स्वरोजगार सडक व्यापारीले विरोध सभा आयोजना गरेका छन् । बुधबार साँझ काठमाडौँको सुन्धारामा फुटपाथ व्यवसायी र नगर प्रहरीबिच झडप भएको थियो । सडक व्यापारीले उक्त घटनामा संलग्न महानगर प्रहरीलाई कारबाही गर्न माग गरेका छन् । काठमाडौँ महानगरको जननिर्वाचित नागरिक नेतृत्वले धैर्यताकासाथ संवादको माध्यमले समस्याको समाधान गर्ने प्रयास गर्नुको साटो महानगर प्रहरी परिचालन गरी अत्याधिक बल प्रयोग गरेर केही सडक व्यापारीलाई गम्भीर घाइते बनाएको र उनीहरूको सामान लुटपाटको शैलीमा जफत गरेको भन्दै उनीहरूले विरोध गरेका छन् ।
मंसिर ९, २०८१ आइतबार |