क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आइतबार पनि सुनुवाइ नहुने भएको छ।
जिल्ला अदालतका काठमाडौँका न्यायाधीश पदमराज पाण्डेयको इजलासमा पहिलो नम्बरमै पेसी चढेको उक्त मुद्दा सन्दीपको पक्षमा बहस गर्ने कानुन व्यवसायी नेपाल बार एसोसिएसनको सम्मेलनका लागि चितवनमा रहेकाले स्थगित भएको हो ।
आफ्नो तर्फबात बहस गर्ने कानुन व्यवसायी सम्मेलनमा भएका कारण सन्दीपका वकिलले उक्त पेशी स्थगित गर्न निवेदन दिएका हुन्।
काठमाडौँ जिल्ला अदालतले कात्तिकमा दुबै पक्षलाई मंसिर २२ भित्र बहस नोट बुझाउन आदेश गरेको थियो । सोहीअनुरुप उनीहरुले बहस नोट पेस गरेपछि आइतबार फैसला हुने सम्भावना भएपनि पेसी स्थगित भएपछि अनिश्चित बनेको छ ।