काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सडकमा निर्माण सामाग्री थुपारेको भदै एक कम्पनीलाई एक लाख रुपैयाँ जरिवाना गरेको छ। महानगरको वडा नम्बर ३२ मा बनिरहेको बागमती करिडोरमा निर्माण क्रममा सडकमा निर्माण सामग्री असरल्ल राखेको भन्दै टुकुचा निर्माण सेवा प्रा लीलाई महानगर प्रहरीले एक लाख रुपैयाँ जरिवाना गराएको हो।
‘सडकमा निर्माण सामग्री थुपारे कारबाही हुन महानगरको व्यवस्था बमोजिम यो कारबाही गरीएको हो,’ महानगर प्रहरी स्रोतले भन्यो, ‘यस्तो कारबाहीबाट अरु पनि सचेत हुन जरुरी छ ।’ यस अघि पनि महानगरको सडकमा निर्माण सामाग्री थुपार्नेलाई कारबाही गर्दै आएको महानगर प्रहरी बलले जनाएको छ ।