काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई न्यायिक हिरासतमा पठाइएको छ । लामिछानेको बयान सकिएपनि बहस नभएपछि उनलाई न्यायिक हिरासतमा पठाउन अदालतले आदेश गरेको हो ।
लामिछाने जिल्ला अदालत काठमाडौँमा आइतबार बिहान ८ः३० मा पुगेका थिए । उनको बयान न्यायाधीश माधव अधिकारीको इजलासमा भएको थियो । चाँडै नै बयान सकिएको भएपनि बहसका लागि सरकारी वकिलले तयारी नभएको भन्दै समय मागेका थिए । त्यसपछि न्यायाधीश अधिकारीले न्यायिक हिरासतमा पठाउने आदेश गरेका हुन् ।
सुर्यदर्शन सहकारी प्रकरणमा जिल्ला अदालत कास्कीबाट धरौटीमा रिहा भएपछि शुक्रबार उनी काठमाडौँ आएका थिए ।
काठमाडौँमा उनलाई कालिमाटीको स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन गरेको आरोप लगाउँदै मुद्दा दायर गरिएको छ । जिल्ला प्रहरी कार्यालय काठमाडौँको प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले उनी लगायत ३९ जना विरुद्ध मुद्दा दायर गरेको थियो ।
सोही मुद्दाको प्रक्रियाका लागि लामिछाने आफैँ अदालत उपस्थित भएका थिए ।
-
Magar Samir 1 hours agoHaina yo nepal ko rajniti kaile samma chalxa ho ekjana lai ghumaunu ghumako xa ani aarulai 10 bazi intry ani 10 lakh ma dharoti ma pathainxa ani ekjana lai 84 din samma basda pni yo sarkhar ko rajniti sadyantra ho sidai vannu parda
-
Suraj Sharma 52 mins agoVery bad