काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने जिल्ला अदालत काठमाडौँबाट सल्युट गर्दै निस्कएका छन् । उनलाई आज न्यायिक हिरासतमा पठाइएको छ । लामिछानेको बयान सकिएपनि बहस नभएपछि उनलाई न्यायिक हिरासतमा पठाउन अदालतले आदेश गरेको हो ।
लामिछाने जिल्ला अदालत काठमाडौँमा आइतबार बिहान ८ः३० मा पुगेका थिए । उनको बयान न्यायाधीश माधव अधिकारीको इजलासमा भएको थियो । चाँडै नै बयान सकिएको भएपनि बहसका लागि सरकारी वकिलले तयारी नभएको भन्दै समय मागेका थिए । त्यसपछि न्यायाधीश अधिकारीले न्यायिक हिरासतमा पठाउने आदेश गरेका हुन् ।