काठमाडाैँ । ओपनर लोकेश बमको शतकका बाबजुत नेपाल ‘ए’ टोली आयरल्यान्ड वुल्भ्ससँगको २१ रनले पराजित भएको छ। शुक्रबार त्रिवि क्रिकेट मैदानमा भएको टी–२० सिरिजको पहिलो खेलमा नेपाल ‘ए’लाई २१ रनले पराजित भएको हो ।
२२३ रनको विशाल लक्ष्य पछ्याएको नेपालने १९.३ ओभरमा २ सय १ रन बनाएर अलआउट भयो। जसमा नेपालका लागि ओपनर लोकेश बमले मात्रै १०६ रन बनाएका थिए ।
टस जितेर फिल्डिङ रोजेको नेपाल ए टोलीलाई ब्याटिङ गरेको आयरल्यान्ड वुल्भ्सको टोलीले निर्धारित २० ओभरमा२ सय २२ रनको लक्ष्य दिएको थियो ।