काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को कार्यालयमा युवासंघका नेताले एनआरएनका नेतालाई कुटेका छन् ।
एनआरएनको कार्यालयमा घाइते अवस्थामा भेटिएका बेल्जियम निवासी ओम शर्काको दाँतमा चोट लागेको छ । उनका अनुसार आफूहरु एनआरएनको कार्यालयमा जाँदा महेश बस्नेतको उपस्थितिमा युवासंघको कार्याक्रममा चलिरहेका थियो ।
एनआरएनको कार्यालयमा एनआरएनका अध्यक्ष बद्री केसीको उपस्थितिमै युवासंघको कार्यक्रम किन्ने भन्दा आफू माथि हातपात भएको शर्माले बताए ।
उनी भन्छन्, “केन्द्रीय कार्यालयमा के भइरहेको छ भनेर बुझ्नका लागि जानकारी लिन आएको थिएँ ।कन्फ्रेन्स हलमा आउँदा युवा संघका पूर्वअध्यक्ष महेश बस्नेत, बद्री केसीलगायतको कार्यक्रम भइरहेको थियो । एनआरएनएको कार्यालयमा युवा संघको कार्यक्रम किन रु भनेर प्रश्न गरेपछि ममाथि कुटपिट भएको हो । ममाथि कुटपिट हुन थालेपछि बद्री केसी भाग्नुभयो ।”
चुनाव हारेर पनि आफूलाई अध्यक्ष दाबी गर्दै आएका आरके शर्मा लगायत एनआरएनका नेताहरु माथि हातपातको प्रयास भएको थियो । घटनापछि संघको कार्यालयमा अहिले प्रहरीको बाक्लो उपस्थिति रहेको छ ।