२९ भदाै - करिब २ अर्ब लागतमा नेपाल नागरिक उड्डयन प्राधिकरणले बनाएको नयाँ भवनको उद्धाटन भएको छ ।
सिनामंगलमा बनाइएको उक्त भवनको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका हुन् ।
कार्यालयका सबै विभाग बबरमहलबाट सिनामंगलमा स्थान्तरण भइसकेका छन्। उद्धाटन भएसँगै प्राधिकरणले सिनामंगलमा बनेको नयाँ भवनबाट पूर्णरुपमा काम सुचारु गरेको छ ।
१२ तल्ले नयाँ भवन ८ वर्षअघि निर्माण सुरु भएको थियो। यो भवनको निर्माणकार्य चालु आर्थिक वर्षमा मात्रै सकिएको हो।
१२ तले नयाँ भवनमा पाँच सयभन्दा बढी कर्मचारीले काम गर्न सक्नेछन्। भवनमा ६६ वटा गाडी र ११५ वटा मोटरसाइकल स्कुटर पार्किङ गर्न सकिन्छ। यो भवनमा तीवनटा तलामा सवारी पार्किङको व्यवस्था गरिएको छ।