काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सबै नेताहरूले अबको ५ दिन सार्वजनिक यातायात मात्रै प्रयोग गर्ने भएका छन् । सार्वजनिक यातायात सुधारका लागि यसको अवस्था अवलोकन गर्न निजी गाडी थन्क्याएर सार्वजनिक यातायात प्रयोग गर्ने निर्णय गरेको सो पार्टीकी सहप्रवक्ता प्रतिभा रावलले जानकारी दिइन् ।
सरकारबाट बाहिरिएपछि पार्टीको दुई दिनको क्लोज क्याम्प शनिबार सकिएपछि पार्टीले यस्तो निर्णय गरेको उनको भनाइ छ । पार्टीका सबै सांसद र केन्द्रिय सदस्यले सार्वजनिक यातायात चढ्ने पार्टीको निर्णय बमोजिम हिजौबाट यसको थालनी भएको छ,’ रावलले सिधाकुरासँग भनिन्,‘ पार्टीका सांसद र केन्द्रिय सदस्यहरूले आफ्नो गाडी पार्टी कार्यालयमा थन्क्याएर हिजोबाट सार्वजनिक यातायातको प्रयोग सुरु गरेका छन् ।’
उनका अनुसार अतिआवश्यकतामा बाहेक सबै सांसद र केन्द्रीय सदस्यहरू अबको ५ दिन सार्वजनिक यातायात चढेर आफ्नो दैनिक कार्यमा सहभागी हुनेछन् ।