रविको हिरासत गोपनीयता भङ्ग गर्न कास्की प्रहरीको साथ

सिधाकुरा
काठमाडाैँ । हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको एक फोटो बुधबार राती सार्वजनिक भएको छ।  एमालेका नेताहरूको मोबाइलमा छ्यापछ्याप्ती भएको उक्त फोटो जिल्ला प्रहरी कार्यालय कास्कीको रवि रहेको हिरासत कै हो ।

सिधाकुराले गरेको स्वतन्त्र अनुसन्धानले पनि उक्त फोटो कास्की हिरासतकै रहेको कुरालाई पुष्टि गर्छ । त्यो हामी यो स्टोरीमा खुलाउने छौँ । फोटो सार्वजनिक भएको केही मिनेटमै सिधाकुराले कास्की प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियालाई पटक पटक फोन गरेर जानकारी माग गरेको थियो । तर, उनी सिधाकुरासँग बोल्न तयार भएनन् ।

६० दिन देखि प्रहरी हिरासतमा रहेका आफ्ना सभापतिको हिरासत भित्रको फोटो सामाजिक सञ्जाल र अर्को दलको नेताहरूको मोबाइलमा छ्यापछ्याप्ती भएको देखेपछि रास्वपाका नेताहरूले आपत्ति जनाएका छन् ।

पार्टी सभापति हिरासत भित्रै असुरक्षित रहेको सो पार्टीका सहकोषाध्यक्ष दीपक बोहोराले बताए । हिरासत भित्रको फोटो बाहिरिए पछि सामाजिक सञ्जालमा रविका शुभचिन्तकले उनको सुरक्षामा राज्य संवेदनसिल नभएको भन्दै आलोचना गरिरहेका छन् । बिहीबार बिहानै उक्त फोटो आफूले खिचेको चिकित्सक एवम् सामाजिक अभियन्ता निकोलस भुसालले स्वीकार गरेका छन् ।

यो कुराको अझै पुष्टि भइसकेको छैन् । तर, यो घटनाले कास्की प्रहरीले हिरासतमा रहेका मानिसहरुकाे गाेपनियता र मानवअधिकार सुरक्षामा गरेको हेलचेक्र्याइँ भने उदाङ्गो भएको छ। कुनै पनि प्रहरी हिरासतमा रहेका व्यक्तिको फोटो वा भिडियो सार्वजनिक हुनु गम्भिर सुरक्षा हेलचेक्र्याइँ हो ।

रविको फोटो कसरी बाहिरियो ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का दुई जना नेताहरूलाई बुधबार साँझ एकै साथ ति फोटोहरू ह्वाट्स एपमा आएका थिए। एमालेका प्रदेश स्तरीय नेताहरूले पठाएका ति फोटोहरू पाएपछि रास्वपाका नेताहरूले पहिले फोटोको सत्यता जाँच गरेका थिए । रविका स्वकीय सचिव अविनाश आचार्यले ति फोटोहरु हेरेका थिए।

हिरासतमा रवि सुतेको खाट, सिरक, तन्ना, रविले लगाएको टोपी, रविको खाटको छेउमा रहेको टेबलमा भएको पुस्तक र चियाका बट्टाहरू हेरेर अविनाशले उक्त तस्विर  रहेकै रहेको पुष्टि गरेका थिए। 


‘सामाजिक सञ्जालमा चर्चा भएको टेबलको किताब ‘आर्ट अफ वार’ र आर्ट अफ रेभुलेसन्सको हो’ अविनाश आचार्यले सिधाकुरासँग भने । 

प्रहरी कार्यालय भित्रको सिसिटिभी तस्वीर कसरी खिचियो ?

यसका लागि जिल्ला प्रहरी कार्यालय कास्कीको कार्यालय र हिरासतको संरचना एवम् प्रहरीको नियम बुझ्नु जरुरी हुन्छ। जिल्ला प्रहरी कार्यालय कास्कीको मूल गेटको दायाँतर्फ एउटा चेकजाँच कक्ष छ। सो कक्षमा हिरासतमा रहेका मान्छे भेट्ने समय तोकिएको छ । हिरासतमा मान्छे भेट्न जाने जो कोहीले त्यहाँ पुगेर हिरासतमा रहेका मान्छेको नातासहित आफ्नो पुरा परिचय खुलाउनु पर्छ । नाता, वतन र विवरण टिपाएपछि प्रहरीले मोबाइल लगायतमा डिभाइस माग्छन् ।

पुरा शरिर खानतलासी गरेर हिरासत कक्ष अनुसारको पास, भेट गर्न पुगेकालाई दिइन्छ । त्यसपछि  प्रहरी कार्यालयमा रहेको घुमाउने घरको प्रतिक्षालयमा भेट गर्न जानेहरुलाई राखिन्छ। चेकजाँच कक्षमा कुन प्रयोजनका लागि कहाँ जाने हो भन्ने स्पष्ट खुलाएपछि सोही कक्षको प्रवेश पास लिएपछि मात्रै त्यहाँबाट अन्त जान मिल्छ । हिरासतमा रवि लामिछानेलाई भेटेकाहरुकाअनुसार उनलाई भेट्न जानेले १५ नम्बरको पास लिनुपर्छ । अब १५ नम्बर पास लगाएको मानिस क्यान्टिनमा चिया पिउन जान समेत पाउँदैन ।


भेट गर्ने मानिसलाई त्यसपछि घुमाउने घरको प्रतिक्षालयबाट सिधै हिरासततर्फ लगिन्छ । जुन प्रहरी कार्यालयको मूख्य भवनको बाँया पश्चिमतर्फ छ। त्यहाँ पुगेपछि पुनः मेटल डिटेक्टरले भेट्न आएका मानिसको जाँच गरिन्छ । प्रहरी अधिकारीले भेट्न आएकाको विवरण र हिरासतमा रहेको व्यक्तिको नाता खुलाउन माग गर्छ । त्यसपछि बल्ल प्रहरीले हिरासतमा रहेका मानिसलाई भेटाउँछ । 

यो प्रक्रियासम्म पुग्दा कुनै पनि सर्वसाधारणले प्रहरी कार्यालयको सिसिटिभी फुटेज देखिने कोठामा प्रवेश गर्नै पर्दैन । तर २०८१ मंसिर २९ गते दिउँसो ३ बजेर ५८ मिनेट १७ सेकेन्टमा रवि लामिछाने प्रहरी हिरातमा सुतिरहेको फोटो खिचिएको छ। उक्त फोटो निकोलस भुसालले आफूले खिचेको दाबी गरेका छन् । 

कहाँ छ कास्की प्रहरीको कन्ट्रोल रुम ? 
जिल्ला प्रहरीका कार्यालयको घुमाउने घरको ठिक पश्चिममा प्रहरीको कन्ट्रोल रुम छ । सो कोठाबाट कास्कीको सुरक्षा अवस्थाबारे सर्वसाधारणबाट आएका फोन तथा सूचना संकलन गर्न प्रहरीहरु खटिएका हुन्छन् । सो कक्षको ढोकाबाट छिर्दा ढोकाको माथि (टोउकोमाथि) नै मनिटर राखिएको छ । 

मनिटरमा कास्की प्रहरी हिरासतसहितका सबै कक्षमा जोडिएको सीसीटीभी क्यामेराको भिडियोहरु आउँछन् । स्रोतकाअनुसार त्यहाँ प्रहरी कार्यालयका २५ वटा सीसीटिभीका फुटेजहरु देखिन्छन् ।रविलाई निगरानी गरिरहेको ‘क्याम वान’ सीसी क्यामेराको फोटो बाहिरिएको छ।

प्रहरीमाथि गम्भिर प्रश्न 

अब कोही ब्यक्ति मोबाइल बोकेर सिसिटिभी क्यामेराको दृष्य देखिने कन्ट्रोल रुममा कसरी पुग्न सक्छ ? पुगिहाले पनि मोबाइल निकालेर रवि लामिछानेको मात्रै फोटो खिचेर ल्याउन कसरी सम्भव हुन्छ ? किनकी उक्त स्कृनमा रवि लामिछानेको मात्र होइन, प्रहरी कार्यालयभित्रका सबै क्यामेराको दृष्य एकैसाथ देखिएको हुन्छ।



एउटा मात्रै दृष्य हेर्न कन्ट्रोल रुमका कुनै प्रहरी अधिकारीले खास भिडियोलाई 'जुम' गरिदिनु पर्छ । त्यो गर्न प्रहरी कर्मचारीलाई कार्यालय प्रमुख वा डिउटी अधिकृतको (एसपी) को आदेश चाहिन्छ की चाहिँदैन ? 

यदि कसैले सहयोग गरेको होइन भने पनि उनीहरुकै अघि मोबाइलले सिसिटिभीको अत्यन्त गोपनीय दृष्य कैद गरिरहँदा प्रहरीको भूमिका के हुन्छ ?

निकोलसलाई कारबाहीको चेतावनी ? 

आफ्नो सुरक्षा हेलचेक्रयांई बाहिरिएपछि कास्की प्रहरी दबाबमा परेको छ । हिरासतको तस्विरलाई लिएर चौतर्फी आलोचना भएपछि बिहिबार दिउँसो कास्की प्रहरीले अनुसन्धान प्रभावित पार्न उक्त तस्विर सामाजिक सञ्जालमा पोष्ट भएको दाबी गर्दै आफ्नो बचाउ गरेको छ । कास्की प्रहरीका सूचना अधिकारी बसन्तकुमार शर्माले जारी गरेको विज्ञप्तिमा भुसाललाई साइबर अपराधमा कारबाही गर्ने चेतावनी दिएको छ।
 
‘तथ्यपूर्ण अनुसन्धानलाई नकारात्मक प्रभाव पार्नेगरी डा निकोलस भुसालको फेसबुक पेजबाट प्रकाशित भइ प्रहरीको व्यवसायिकतामा आँच आउने गरी सामाजिक सञ्जालमा सम्प्रेषण भएको तस्विरप्रति कार्यालयको गम्भिर ध्यानाकर्षण भएको छ’ कास्की प्रहरीले भनेको छ ।
विज्ञप्तिमा प्रहरीले आफ्नो कमजोरी र हेलचेक्याईंबारे भने केही उल्लेख गरेको छैन । उल्टै, रविको तस्विर सार्वजनिक गर्नेहरुलाई साइबर अपराधमा कारबाही गर्ने चेतावनी दिएको छ । 



‘सूचनाको हक सम्बन्धि ऐन २०६४ मा भएको  व्यवस्थाबमोजिम अपराध अनुसन्धान, तहकिकात तथा अभियोजनमा गोपनीयता कायम गर्नु पर्ने व्यवस्था र साइबर र प्रचलित साइबर अपराध सम्बन्धि कानुनलाई उल्लंघन गरी अनाधिकृत रुपमा सामाग्री प्रकाशित तथा प्रशारण गर्ने कार्यमा संलग्न जो कोहीलाई अनुसन्धान तथा कारबाही गरिनेछ,’ प्रहरीको विज्ञप्तिमा भनिएको छ।
  
प्रहरीको लापरबाही !

हिरासत भित्रको रविको फोटो सार्वजनिक हुनु गम्भिर विषय भएकाे एक पूर्व प्रहरी अधिकारी बताउँछन् । हाइप्रोफाइल व्यक्ति अनुसन्धानमा रहेको विषयमा हुने सार्वजनिक चासो जायज भएपनि हिरासतको फोटो सार्वजनिक हुनु विक्षिप्त अवस्था रहेको ति अधिकारीले बताए । ‘यो फोटो बाहिरियो मात्रै होइन। साँच्चिकैको दमन र प्रतिशोध नै हो,’ ति पूर्व प्रहरी अधिकारीले सिधाकुरासँग भने । 
यो कार्य बाहिरबाट गएका कुनै एक व्यक्तिले चाहेर मात्रै सम्भव नहुने भन्दै पूर्व प्रहरी अधिकारीहरुले यसलाई प्रहरी प्रमुख र सरकारको अपराधको संज्ञा दिए । यो कार्य सिसिटिभी जडान सम्बन्धि कार्यविधि २०७५ संशोधन सहितको व्यवस्था विपरितको काम भएको भन्दै जिल्ला प्रहरीका कार्यालय कास्कीका प्रमुख र संलग्न अधिकारीहरु माथि कारबाही गर्न उनीहरुको सुझाव छ।

प्रतिक्रिया

  • Keshav Baral 2 months ago
    प्रहरी प्रमुख पनि ओली नै रहेछन् त, संयोग मात्र होला 😀

The Reporter

बालेनले दरबारमार्गमा टल्काएको ग्रेनाइट, चिप्लिन्छ त ? | Granite at Durbar Marg:....

  • बालेनले दरबारमार्गमा टल्काएको ग्रेनाइट, चिप्लिन्छ त ? | Granite at Durbar Marg:....
  • भारतमा नेपाली विद्यार्थीमाथि जे भयो... || Nepali Students' Quest for Justice" ||....
  • प्रकृति लम्साल प्रकरणः भारतमा नेपाली विद्यार्थीमाथि भएको घटना || KIIT PRAKRITI LAMSAL....
  • बालमन्दिर घोटालाः प्रकाशमानकी दिदी र विशाल ग्रुपका कर्मचारीविरुद्ध किन चलेन मुद्दा ?....
  • पाप कर्मका महाराज उर्फ विजय कृष्णमूर्ति || SIDHAKURA ||
  • टुट्दैछ प्रेम, भत्किदैछ परिवार र समाज || SIDHAKURA || THE REPORTER ||
  • यु *क्रेनको से *नाको कब्जामा ९ महिना बन्दी हुँदा|| SIDHAKURA ||
  • चितवनबाट यसरी छुटे रवि, धरौटी राख्न नागरिकले ल्याए सयौँ लालपुर्जा || SIDHAKURA....
  • चितवन मुद्दामा रविको सहकारीमा संलग्नता भेटिएन–सरकारी वकिल || SIDHAKURA ||
  • पाथिभरा केबलकारः धर्म, राजनीति र व्यापार ! || PATHIBHARA CABLECAR CASE ||....
  • ऋणको भारी र आप्रवासीको बिल्ला भिरेर अमेरिकाबाट फर्कदै नेपालीहरु || SIDHAKURA ||
  • नेपाली सेनाका हति* यार कस्ता छन् ? || SIDHAKURA ||
  • फेसबुकमा गाली गरे मान्छे थुन्ने कानुन ल्याउँदै सरकार || SIDHAKURA ||
  • १ वर्षमै स्वरुप फेरिएको न्यूरोड || NEWROAD, THEN AND NOW || SIDHAKURA....
  • सहकारीमा सम्बन्ध नै नभएका रविलाई ठगी मुद्दा, कांग्रेस एमालेका सहकारी ठगमाथि अनुसन्धान....
  • न्यायाधीशसामू रविका वकिलले भने, '...श्रीमान, धर्ममा कानुन नखोज्नु, कानुनमा धर्म नछाड्नु।’
  • अख्तियारलाई हर्कको जवाफ, प्यासी जनताको श्राप लाग्ला ! || SIDHAKURA ||
  • एनआईसी एशिया बैंकमा निक्षेप दुरुपयोगः बैंक अध्यक्ष र सञ्चालककै बदमासी छताछुल्ल ||....
  • विन्दु कुमारीः श्रीमान् बिते, छोराको विदेशबाट शव आयो, छोरी अशक्त भइन्, आफू....
  • युवकको छातिमा प्रहरीको लात्ती ! घटनाको वास्तविकता || SIDHAKURA ||
  • असुरक्षित बन्दै inDrive: चालकबाट महिला यात्रुलाई अमर्यादित प्रस्ताव ! || SIDHAKURA ||
  • ४६ वर्षपछि परिवार खोज्दै नेपाल फर्किएका पुर्ते || SIDHAKURA ||
  • ३३ जना छुट्दै, कहिले आउलान् विपिन ? || SIDHAKURA ||
  • घरबारै उडायो अष्ट्रेलियाको डिपेन्डेन्ट भिसाले ! || SIDHAKURA ||
  • रविलाई फेरी किन हिरासत ? || SIDHAKURA ||

Sidhakura Investigation

जब भगवान् सँगै भरोसा टुट्यो...|| SIDHAKURA || THE REPORTER ||

  • जब भगवान् सँगै भरोसा टुट्यो...|| SIDHAKURA || THE REPORTER ||
  • EXCLUSIVE VIDEO: नक्कली भुटानी शरणार्थी प्रकरणमा २ करोडको चेक लिन बेचन झा....
  • EXCLUSIVE: एमालेका सांसद देवीप्रकाश भट्टचनमाथि ४५सय सहकारीबाट ९७करोड ठगीको आरोप || SIDHAKURA....
  • कामचोर मन्त्री !, ६ अर्बका ठेक्का अलपत्र | Kanchharam's Contract Chaos ||....
  • साँखु केस : सिसिटिभी फुटेजले जन्माएकाे आशंका || SIDHAKURA INVESTIGATION || SIDHAKURA....
  • मानव तस्क_रीमा एमालेका मन्त्री _ UML Minister Linked to Human Trafficking Allegations....
  • कांग्रेस-एमालेका दाता: मिनबहादुर । ओलीलाई दान, धनराजलाई धन || SIDHAKURA ||
  • मीनबहादुर-धनराजको ९२ लाखको अनुसन्धान रोकर एमालेलाई अर्बको उपहार || SIDHAKURA ||
  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

Current Affairs

KIIT बाट स्वदेश आइपुगे नेपाली विद्यार्थी,....

  • KIIT बाट स्वदेश आइपुगे नेपाली विद्यार्थी, भन्छन्, 'धन्न ज्या-न जोगियो' || KIIT....
  • स्वर्णिम वाग्लेको खुलासाः यसरी भएको थियो वाइडबडी प्रकरणमा अर्बौँ रकमको घोटाला, नेता....
  • पूर्वराजा भन्छन्, ‘अब समय आयो, देश जोगाउन मलाई साथ दिनुस्' || SIDHAKURA....
  • उडिसामा नेपाली विद्यार्थी मृत्यु प्रकरणः सभामुखले बोल्न नदिएपछि मिडियामार्फत सुमनाको ध्यानाकर्षण
  • धोबीखोला दुर्घटनाः चालक भन्छन्, ‘भाग्य दह्रो रहेछ र बाँचे’ || SIDHAKURA ||
  • एमाले नेतालाई पत्रकारको प्रश्नःबाबुको शासनमा छोराका दादागिरी ? जवाफः तपाईलाई पनि अनुसन्धान....
  • पत्रकारको प्रश्नबाट भागे ओली || SIDHAKURA ||
  • प्रभु साहसँग आक्रोसित प्रधानमन्त्री ओलीको प्रतिप्रश्न, ‘म म्यानपावरको मान्छे हो ? ||....
  • विशेष र जिल्ला अदालतमा मेलम्ची पसेपछि... || SIDHAKURA ||
  • जब मन्त्रीले सिमेन्टको मूल्यवृद्धि हुनुमा ‘लोडसेडिङ’काे कारण दिए, अनि भयो सवालजवाफ ||....
  • जब प्रमाणको फाइल देखाउँदै मनिष झा संसदमा कुर्लिए... || SIDHAKURA ||
  • रामहरि खतिवडा बोलेपछि संसदमा लफडा || SIDHAKURA ||
  • ‘सभामुखले नै प्रतिपक्षको आवाज दबाए’ : ज्ञानेन्द्र शाही || SIDHAKURA ||
  • अमरेशको बालेनलाई चुनौति। सुमनाले गृहमन्त्रीसँग मागिन् जवाफ । अरुले के भने ?....
  • सामाजिक सञ्जाल नियमन विधेयकः ‘अधिनायकवाद ल्याउने फुच्चे खेल सफल हुँदैन’|| SIDHAKURA ||
  • कांग्रेसमा रहेका सहकारी ठगदेखि मान्छे बेच्नेसम्म सबैलाई कारबाही गर्नुपर्छः गगन थापा ||....
  • ताप्लेजुङभन्दा बाहिर र विदेश बस्नेहरुले केबलकारको बिरोध गरेः चन्द्र ढकाल || SIDHAKURA....
  • मन्त्रीको कार्यकक्षमै आगो, मन्त्री भन्छन् हिजै गन्ध आएको थियो || SIDHAKURA ||
  • सामाजिक संजाल विद्येयकले सबैलाई अंकुश लगाउँछ,फिर्ता गर्नैपर्छः सुमना श्रेष्ठ,सांसद|| SIDHAKURA ||
  • रविलाई प्रधानमन्त्रीको अफर गर्नेहरु आज न्यायपालिकालाई धम्क्याएर फसाइछाड्ने षड्यन्त्रमा छन्ः प्रचण्ड
  • संसदमा सुमनाः बोल्न दे सरकार ! || SIDHAKURA ||
  • कमलपोखरीमा कसरी प*ड्कि*यो ग्याँस सि*लिण्डर ? || SIDHAKURA ||
  • अमेरिकाबाट ४ हजार नेपाली डिपोर्ट हुनसक्छन्ः न्यूयोर्कबाट अधिवक्ता, शिव खनाल || SIDHAKURA....
  • फेसबुक, इन्टाग्राम र ह्वाट्सएप नेपालमा दर्ता नभए चल्न दिन्नौँः सञ्चारमन्त्री || SIDHAKURA....
  • सडक नाटकः ‘मुक्कुम्लुङमा केबलकार, हाम्रो छातीमा गोली हो’ || SIDHAKURA ||