काठमाडौं । रामकुमार रेग्मी, नक्कली भुटानी शरणार्थी प्रकरणका पीडित जाहेरीकर्ता मात्रै होइनन् नेपाली कांग्रेसका सक्रिय कार्यकर्ता र नेता पनि हुन् । पार्टीको केन्द्रिय महाधिवेशन प्रतिनिधि उम्मेदवार र क्षेत्रीय महाधिवेशन प्रतिनिधि समेत हुन् ।
सयौँ नेपालीलाई नक्कली शरणार्थी बनाएर अमेरिका पठाउन राजनीतिक दलका शीर्ष नेता, बहालवाला देखि पूर्व गृहमन्त्री एवम् नेपाल सरकारको गृह प्रशासनका उच्च पदस्थ कर्मचारीकै सेटिङमा करोडौँका कारोबार भएको खुलासा उनले नै गरेका थिए ।
कांग्रेसको भावी नेतृत्वको रुपमा हेरिएका नेता एवम् तत्कालिन गृहमन्त्री बालकृष्ण खाँण संलग्न शरणार्थी प्रकरण बाहिरिए पछि उनीमाथि आफ्नै नेता कार्यकर्ताले असुरक्षाको अनुभूति गराए ।
आफ्नै दलका नेता कार्यकर्ता समेत ठगिएको सो प्रकरणको एक ठूलो पीडित आफू भएको भन्दै रेग्मी सबै भन्दा पहिले कांग्रेसका उच्च नेताहरूलाई सुनाए । गृहमन्त्रीदेखि उपसभापति, महामन्त्री देखि उच्च पदस्थ सबै नेतालाई भेटे गुहार मागे ।
तर, रेग्मीलाई न्याय दिलाउन कांग्रेसकै नेताहरूले रोके । शेरबहादुर र उनको परिवारबाट न्याय त पाएनन् नै शशांक, शेखर, गगन थापाबाट समेत आफूहरूले न्यायको आश्वासन समेत नपाएको उनको आरोप छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्व गृहमन्त्री एवम् बालकृष्ण खाँण उच्च अदालतबाट रिहाइ भए भने सो प्रकरणमा मुछिएका अन्य प्रभावशाली नेता र अभियुक्तहरू पनि छुट्ने तयारीमा रहेको रेग्मीको आशंका छ । सयौँ पीडितहरूले न्याय नपाएको अवस्थामा पीडकहरुले उन्मुक्ति पाइरहँदा उनीहरूले आफूलाई असुरक्षित महसुस गरेका छन् ।
जोहरी दर्ता भएको करिब एक वर्षपछि सेटिङ मिलाउने सन्देश शर्मा, केशव दुलाल लगायतका विचौलिया पक्राउ परेसँगै तत्कालिन गृहमन्त्री बालकृष्ण खाँण, पूर्व उपप्रधानमन्त्री समेत रहेको नेकपा एमालेको सचिव टोपबहादुर रायमाझी, पूर्व गृहसचिव टेकनारायाण पाण्डे सहित १६ जना पनि थुनामा पुगे । तर, अन्य केही प्रतिवादी सहित पूर्व गृहमन्त्री बालकृष्ण खाँण उच्च अदालतबाट धरौटीमा छुटेका छन् भने सरकारी वकिलको कार्यालयले उनलाई थुनामै राखेर पुर्पक्ष गराउन माग गर्दै सर्वोच्च समेत नगई म्याद गुजारेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसका कारण यही पृष्ठभूमिमा रेग्मीसँग सिधाकुराले गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरेका छौँ ।
तपाईँको परिचय दिनुस न ?
म राम कुमार रेग्मी ‘आकाश’ । शान्तिनगर गाउँपालिका दाङ हो मेरो घर । केही समयदेखि काठमाडौँमा बस्दै आएको छु । काठमाडौँको बानेश्वरमा सानोतिनो तालिम व्यवसायमा समेत छु । पहिला अभिभुखिकरण तालिम सञ्चालन गरेँ । त्यो गर्दागर्दै घरेलु कामदारको तालिमका लागि लाइसेन्स लिएँ । त्यसपछि नेपाल सरकारको श्रम मन्त्रलायले सीपमुलक तालिमको लागि लाइसेन्स खुला गरेको थियो । त्यसका लागि भौतिक पूर्वाधार आवश्यक पर्ने भएपछि काठमाडौँको बानेश्वरमा ५५ लाख रुपैयाँ खर्च गरेर तालिमको लागि भौतिक पूर्वाधार निर्माण गरे ।
मैले पूर्वाधार निर्माण गरेपछि श्रम मन्त्रालय, वैदेशिक रोजगार प्रवर्द्धन बोर्ड र वैदेशिक रोजगार विभागले अनुगमन गरेर मलाई लाइसेन्स प्रदान गर्यो । २०७५ सालमा अनुमति पत्र प्राप्त गरेपछि नेपाल राष्ट्र बैंकलाई धरौटी बुझायौँ । तर, नेपाल सरकारले तालिम चलाएन । मासिक १ लाख भाडा दिनुपर्थ्यो । तर तालिम नचालाइएपछि हामी मारमा पर्दै गयौँ । त्यसपछि केपी ओली नेतृत्वको सरकार आएपछि हामीले आफ्नो गुनासो राख्यौँ । तत्कालीन मन्त्रीले अब तालिम चलाउने भनेर तयारी भएको थियो तर मन्त्रीको निस्कासन भयो । खासमा म व्यवसाय गरेर नेपालमै राम्रोसँग काम गर्दै गरेको चेतनशील युवा हुँ ।
अमेरिकाको कुरा कसरी आयो एक्कासी ?
व्यवसाय बिग्रिएको थियो । म लगानी गरेको तर फसेको व्यक्ति कताबाट हुन्छ माथि उठ्न सकिन्छ भनेर बसिरहेको थिए । त्यही बिचमा एक दिन एकजना भाइले फोन गरेर सन्देशसँग कुरा भए नभएकोबारे मलाई सोधे । कुरा नभएको र कहाँ छ थाहा नभएको बताएँ । त्यो भन्दा २ वर्षअघि सन्देश शर्मासँग दाङकै एकजना मान्छेले मेरो चिनजान गराएका थिए । त्यो बिचमा त्यो मान्छे बलात्कार मुद्दामा ५५ दिन जेलमा पुगेको रहेछ ।
उसको भाइले नम्बर दिएपछि मैले सन्देशसँग कुरा गरे । उसले दाइ म अहिले सुकुम्बासी आयोगको सल्लाहकार भएको छु भने । तपाईँहरूको तालिमलाई प्रधानमन्त्रीबाट निर्णय गराएर अनिवार्य लागू गर्ने बनाउँछु भने मलाई । जुन कामका लागि लगानी गरेको त्यो काम गर्ने मान्छे त्यो पनि सामान्य चिनजानकै भएपछि धेरै दिन उसको पछि लागियो ।
यही बीचमा उसले अमेरिका जाने प्रस्ताव ल्यायो । सुरुमा त मैलै मानिन । तर, नवौँ पटकमा आफ्नो अवस्था दिनप्रतिदिन खस्किँदै गएपछि मैले उसको प्रस्ताव मानेँ । सबै कुरा सकिएर मेरो एउटा घर बचेको थियो । त्यही घर राखेर ऋण निकालेँ र परिवारसहित ५ जनाको फर्म भरेँ । ५र५ लाख रुपैयाँ सुरुमा दिए । उसले प्रति सदस्य ३५ लाखमा अमेरिका पठाइदिने भनेको थियो । म जान लागेको थाहा पाएर मेरो छरछिमेक पनि पछि लागे । परिवार सेटल गरेर ६ महिनामा फर्किएर नेपालमा आफ्नै बिजनेस गर्ने मेरो सोच थियो ।
भनेपछि नक्कली शरणार्थी बनेर अमेरिका जाने प्रक्रियामा लाग्नुभयो ?
सही प्रक्रियाबाटै ३५ लाखमा अमेरिका जान पाइने भएपछि किन नजानु मन लोभियो । त्यसपछि उक्त समूहको कुरामा प्रक्रियामा सहभागी भयौँ । उसले चितवनमा हामीलाई फोटो खिच्न बोलायो । त्यहाँ २ जना सरकारी कर्मचारीहरू थिए । एक अधिकृत, एक नासु भन्थ्यो । त्यो मध्ये एउटाको नाम हरिभक्त महर्जन थियो । ति महर्जनको नाममा पनि १० लाख रुपैयाँ हाल्न लगाएको छ । फोटो खिचेपछि १०र१० लाख रुपैयाँ परिवारको तर्फबाट माग गरियो । मैले ५० लाख रुपैयाँ त्यहाँ बुझाएँ । अन्य १५ जनाले १ करोड ५० लाख रुपैयाँ बुझाए ।
त्यसपछि हामीलाई मेडिकल गर्नको लागि विराटनगर बोलाइयो । त्यहाँ आइओएमको गाडी आएको थियो । त्यसको फोटो पनि मैले खिचेको छु । त्यहाँ रियल भुटानी शरणार्थी भनियो । जान पाइन्छ, ४२९ जनामा तपाईँहरू जान पाउनुहुन्छ भनिएको थियो । त्यहाँ हामीले मेडिकल गर्यौँ ।
त्यो पछाडि उड्न आउने भनेर मेरो समूहबाट मसहित १० जना र गजेन्द्रको समूहबाट २२ गरी ३२ जनालाई झापाको बिर्तामोड बेलडाँगी बोलाइयो । त्यहाँ ट्राभल डकुमेन्ट लिने बेलामा ५ जनाको फेरि ५० लाख रुपैयाँ मागियो । ९ ओटा बाइकमा १८ जना मान्छेले मलाई घेराबन्दी गरे । मेरो गाडीमा सिटमुनि ५० लाख पैसा थियो ।
मैले सोचेँ अन्य कारणले ममाथि आक्रमण हुन थाल्यो । म गाडीमा चाबी लगाएर त्यहाँबाट दौडेर भाग्न सफल भएँ । म त्यहाँबाट ३ ओटा टेम्पो फेरेर इटहरी पुगे । अर्कोलाई गाडी लिन लगाएर म धरान हुँदै चतराबाट काठमाडौँ आएँ । बीचमा फेरि गाडी दुर्घटना भयो । जेनतेन काठमाडौँ आउ । यहाँ आएर म २ दिन कोठाबाट बाहिरै निस्किन । परिवारलाई पनि पछि मात्रै भनेँ । त्यसपछि सन्देश शर्मा सम्पर्कविहीन भयो । बुझ्दै जाँदा ललितपुरको हरिसिद्धीमा श्रीमतीको नाममा घर किनेको भेटियो ।
हामीसँग अमेरिका लैजान लिएको पैसा उसले अपचलन गरेको पायौँ । उक्त घर खोज्दै जाँदा त्यहाँ सन्देश भेटियो । उसले मलाई हप्तामा १ करोडको दरले दिएर ४ हप्तामा ३ करोड ८५ लाख रुपैयाँ फिर्ता गर्छु भन्यो । उसले ३ करोडको चेक मलाई दिएको थियो । ८५ लाखको अर्को भाइलाई चेक दिएको थियो ।
अमेरिका नभएपछि बीचमा कतार प्रहरीको तालिमको लागि भन्दै एक हजार जना दिन्छु भन्यो । उसले २५ लाख रुपैयाँ फेरि लियो । त्यसपछि त्यो मान्छे सम्पर्कमा आएन । हामी फेरि घर गयौँ । घरमा उसको श्रीमती मात्रै थिइन् । हामी केही मान्छेहरू पुगेको कारण प्रहरी पनि त्यहाँ पुग्यो । प्रहरीले उसको श्रीमतीको फोनबाट कुरा गर्दा आउँछु भन्यो । तर आएन ।
उसले फोन उठाउन छोड्यो । ह्वाट्सएपमै कुरा गर्थ्यो, त्यता पनि कुरा गर्न छोड्यो । त्यो बिचमा उसले गजेन्द्र बुढाथोकीलाई ५० लाख रुपैयाँ दिएको थियो । बाँकी पैसा ४ हप्तामा दिने भनेको पनि दिएन ।
उसको घरमा जाँदा उसको श्रीमतीले तपाईंलाई झापामा मार्ने योजना भएको सुनाइन् । उसको श्रीमतीले भनिन्, ‘तपाईँलाई त सिध्याउने प्लान थियो, सानु भण्डारी, केशव दुलाल सन्देश शर्माको । ’
पैसा माग्ने कुरामा प्रेम कुमार राईले खाएको छ, बादलले खाएको छ, बालकृष्ण खाँणले खाएको छ, टेकनाथ पाण्डेले खाएको छ, केशव दुलालले खाएको छ त्यहाँ माग्न जानुस् भन्ने कुरा गर्यो । पछि उल्टो आरोप लगाउन थाल्यो, हामीले नै पैसा खाएको भनेर । अनेक गर्दा पैसा उठ्ने देखिएन ।
यसपछि आफू फसिएको र पैसा उठ्दैन भन्ने भयो ?
त्यसपछि हामीले २०७९ साल जेठ १८ गते प्रहरीको अपराध अनुसन्धानमा जाहेरी दियौँ । त्यहाँको प्रहरीले सानु भण्डारी र केशव दुलालाई प्रहरीले पक्रेर ल्यायो । उनीहरूको बयान गर्दैगर्दा त्यहाँ एकजना डिआइजी साहेबको गाडी आयो त्यहाँ । हामीलाई बाहिर राखियो ।
उनीहरूलाई ज्वाइँ र छोरा जसरी त्यहाँबाट छोडियो । त्यतिबेला त्यहाँ अहिलेका आइजीपी वसन्त बहादुर कुँवर एसएसपी हुनुहुन्थ्यो । उल्टो हामीलाई केस लगाउने कुरा गरियो ।
सन्देश शर्माले जति पैसाको मलाई चेक दिएको थियो त्यो सबै पैसा मेरो थिएन । मैले अरुलाई मेरो नामबाट चेक दिएँ । मैले चेक दिएका मान्छेलाई मुद्दा हाल्न लगाएर मलाई नेपालबाट निकाल्ने वातावरण बनाइयो । मलाई मार्ने प्लान पनि बन्यो । मलाई रानीवन, बल्खुमा ज्यान लिने प्रयास गरियो । त्यसपछि मैले विस्तारै नेपाल छोडेँ । र म गोवा गएँ । त्यहाँ पनि मलाई गुण्डा प्रयोग गरेको सुने । म मुम्बई गएँ ।
धरौटी तिर्दा भाउजूले जग्गा बेचेर पैसा मलाई पैसा हालिदिनुभयो । धरौटी तिर्ने बेलामा पनि धेरै नाटक गरियो । अपराध अनुसन्धानमा एकजना डीएसपी आउनुभएको थियो । म प्रहरी कार्यालयमै गएर कि मलाई न्याय दिनुहोस् नत्र म यही आत्महत्या गर्छु भनेर रोएँ । डीएसपी साहेबले तपाईँलाई म न्याय दिलाउँछु तर तपाईँले सबैको लागि बोल्नुपर्छ भन्नुभयो । उहाँले केही सल्लाह पनि दिनुभयो ।
त्यसपछि मैले आफूले पाएको दुख मेटमणि चौधरीलाई भने । उहाँले गृहमन्त्रीकहाँ लिएर जानुभयो । त्यतिबेला गृहमन्त्री नारायणकाजी श्रेष्ठ हुनुहुन्थ्यो । त्यही बीचमा रवि लामिछानेसँग पनि भेट भयो । उहाँले सहयोग गर्छु भन्नुभएको थियो । त्यसपछि केश बढ्दै गायो । प्रहरीले पक्राउ गर्दै गयो । सन्देश शर्मालाई भारतबाट ल्याइयो भन्ने सुनेँ ।
मेरो सम्पर्क भएको एकजना सन्देश शर्मा मात्रै हो । हामीलाई कहिले उसले गृहमन्त्री रामबहादुर थापा बादलको फोन सुनाउने, कहिले प्रेमकुमार राईको फोन सुनाउने, फोनबाटै सुनाउने गर्थे । गजेन्द्र बुढाथोकीलाई रामबहादुर थापा बादलसँगै कुरा गराएको सुनेको छु ।
पछि आएर टोपबहादुर रायमाझीसँग पनि कुरा गरेको सुनेको छु । त्यसपछि सरकार परिवर्तन भयो । शर्माले हामीलाई गृहमन्त्री बालकृष्ण खाँण, उनको पत्नी एवम्ु् सांसद मञ्जु खाँण र कहिले आरजु राणा देउवाको कुरा सुनाउने गर्थ्यो । तर, मसँग कसैको केही पनि सम्पर्क भएन । उसले हामीलाई कसरी हुन्छ प्रलोभनमा पारेर पैसा लिने काम गर्यो ।
एकदिन म क्षेत्रीय अधिवेशनको लागि दाङ जाँदै थिएँ । त्यसबीचमा सन्देशले फोन गरेर दाइ होटलमा आउनुस्, झम्सिखेलमा हाम्रो होटल छ भनेर बोलायो । त्यहाँ होटलमा जाँदा मैले त्यस्ता अनुहारहरू देखेँ, जहाँ टोपबहादुर रायमाझी, एनपी साउद, चन्द्र भण्डारी, उमेशजंग रायमाझी, मुमा केसी, एनपी साउदको श्रीमती, केशव दुलाल, सानु भण्डारी, टंक गिरी, सन्देश शर्मा । त्यहाँ म १० मिनेटजति बसे र दाङ चुनाव लड्न गएँ । चुनाव पनि जितेँ ।
महाधिवेशनकै क्रममा खै त हामीलाई उडाएको, कैले उडाउने भन्दा कैले सम्पर्क नगर्ने, कहिले फोन नउठाउने काम गरे सन्देशले । तनावकै कारण महाधिवेशन हारेँ । त्यसपछि काठमाडौँ आएँ । कान्ति बोलाएर अब ट्राभल डकुमेन्ट लिन जाने हो भन्यो । त्यहाँबाट झापा गएका थियौँ । त्यहाँ मार्नेसम्मको प्लान बनेको रहेछ ।
आफ्नै पार्टीको उच्च नेताहरू सँग सँगै हिँडेको, बसेको र खाएको मान्छेले करोडौँ ठगेपछि मैले मेरो पार्टीका श्रद्धेय नेताहरूलाई यो कुरा भन्नु पर्छ भनेर लागे । यो बीचमा पार्टीका सभापति शेरबहादुर देउवा, मेरो क्षेत्रको सांसद बुद्धिराम भण्डारी, गृहमन्त्री बालकृष्ण खाँण, नेता शेखर कोइराला, शंकर भण्डारी, गगन थापा लगायतका धेरै कांग्रेसी नेताकहाँ धाएँ ।
तर, कसैले पनि हाम्रो सुनुवाई गरेनन् । यति लाजमर्दो घटना बनाए की, हामी कांग्रेस नै होइनौँ जस्तो लाग्छ । दाङका ६५ जना कांग्रेसको क्रियाशील सदस्यका लागि उहाँहरूले संसद्मा एकशब्द बोल्नुभएन भुटानी शरणार्थी केशमा ।
आफ्नै पार्टीका मान्छे लुटिएको घटनामा पार्टीले किन बोलेन जस्तो लाग्थ्यो ?
यो केशमा अमरेश कुमार सिंह बोल्नुभयो, उहाँले कपडै उतारेर बोल्नुभयो । रवि लामिछाने, मेटमणि चौधरी बोल्नुभयो । अरु अरु नेताहरू बोले तर कांग्रेसको कोही अरु नेताहरू नबोलेपछि मलाई लाग्छ यो केशमा पक्कै पनि कांग्रेसको मिलेमतो छ । एक छ, दुई छ, तीन छ । होइन भने उहाँहरूले किन कहिल्यै संसद्मा कुरा उठाउनु भएन कारण के त रु उहाँहरूको नेपालको यो सबैभन्दा ठूलो गिरोह भनेको सुन्छु । मलाई त मार्नेसम्मको प्लान बनेको थियो ।
यसको कारण बिस्तारै खुल्दै गयो । अब म कांग्रेसभित्रै बसेर कांग्रेसको विरुद्ध लड्छु । जजसले अपराध गरेका छन् तिनीहरूलाई कानुनी कठघरामा उभ्याएर दाङका, म र मेरो परिवार लगायत ८१ जना मान्छेलाई जसरी हुन्छ न्याय दिलाउँछु । नसक्ने अवस्था आयो भने पनि मृत्युसँग लड्छु तर अपराधलाई छोड्दिन ।
मैले मेरा पार्टीका शीर्ष नेतालाई आफ्नो पीडा सुनाउँदा कहिले उहाँहरूले गृह मन्त्रालय भन्नुहुन्थ्यो कहिले के भनेर टार्नुहुन्थ्यो । अझ गजबको त के थियो भने शेरबहादुर देउवा त्यतिबेलाको प्रधानमन्त्री, लाग्थ्यो मेरो पार्टीको प्रधानमन्त्री मेरै पार्टीको गृहमन्त्री बालकृष्ण खाँण ।
जतिबेला केशव दुलाल र सानु भण्डारीलाई पक्रियो, उहाँहरूले त्यतिबेला अनलाइनमै आइजीपी धिरजप्रताप सिंह र बालकृष्ण खाँण बसेर, मिटिङ गरेर ति अपराधीहरूलाई ज्वाई जसरी छुटाउनुभयो ।
त्यो दिनदेखि उहाँहरूले लगातार यो केशलाई डिजल्व गर्दै लगे । एक वर्ष पछाडि अपराध अनुसन्धानमा डा मनोज केसी आइसकेपछि मात्रै यो केश अगाडि बढ्यो ।
अहिले केश कहाँ पुग्यो त ?
यो केशलाई रवि लामिछानेले पनि हेरिरहनुभएको थियो । न्याय पाइन्छ, ढिलोचाँडो । नआत्तिनुस् भन्नुभएको थियो । अहिले पनि न्याय दिनुहुन्छ भन्ने आशा छ ।
पहिला भुटानी शरर्णार्थी काण्डको निक्यौल गरियोस् । यसको सत्यतथ्य पत्ता लगाइयोस् । अपराधीलाई कोचियोस् र पीडितलाई न्याय दिईयोस् । अहिले पनि हाम्रो मुद्दा बिचारधिन छ । हाम्रो सुनवाई हुँदैन । अहिलेको सरकारबाट अपेक्षा गरेका छौँ । पीडितलाई कसरी हुन्छ न्याय दिइयोस् । र कांग्रेसप्रति आस्था भएका सम्पूर्ण कार्यकर्ताहरुलाई के भन्न चाहन्छु भने, तपाईँहरू पनि भोलि यी यस्ता प्रवृत्तिका नेताहरुबाट ठगिएर घरबार बिहिन हुनुहोला । समयकै सचेत हुनुहोला । यस्ता नेताहरुलाई पन्छाउँदे यो पार्टीलाई दिगो र बलियो बनाउनुपर्छ ।
तपाईंले अघि केही नेताहरु भेटेको भन्नु भयो । उनीहरुसँगको सम्वाद कस्तो हुन्थ्यो ? कुन नेताले के भनेका थिए ?
हामी अन्याय भएको भन्दै शेखर कोइरालाकोमा पुगेका थियौँ । उनले यो केपी ओलीको पालाको केश हो । रामबहादुर थापा ‘बादल’ को पालामा भएको केस हो भन्नुभयो । कृष्ण बहादुर महरालाई पनि भेटेँ मैले । उहाँले पनि त्यस्तै आलटाल कुरा गर्नुभयो । पछि शंकर भण्डारी, गगन थापालाई भेटियो । हरेक ठाउँमा आँशु झारियो, पीडा पोखियो । कहीँ पनि सुनवाई भएन ।
आज आएर एउटा पीडा चाहिँ के लाग्छ भने आरजु राणा भन्ने भाउजू नेपाली कांग्रेसको नेतृले अडियोमा बोल्दै गर्दाखेरी रेग्मी र बुढाथोकीलाई सन्देश शर्माले बोल्न लगाको भनेर भन्नुभाको छ । उहाँले सुनेर भन्नुभाको हो कि ? उहाँले आफू बच्नलाई भन्नुभएको हो कि ? पीडितलाई सक्न भन्नुभाको हो रु यसको पनि सत्यतथ्य बाहिर निस्को हुन्थ्यो । मलाई जहाँसम्म लाग्छ, यो गिरोहमा उहाँहरु जत्तिको ठूलो मान्छेको संलग्नता थिएन भने हामीले चाँडै न्याय पाउँथ्यौँ । यसमा हामी विश्वस्त छैनौँ । छ कि छैन त अदालतले गर्ला अनुसन्धानले गर्ला । र अर्को कुरा उहाँहरूले कामीलाई दोष लगाउनु भएको छ । मैले मुद्दा हालेको भनेको सन्देश शर्मालाई हो, बाँकी नेपाल सरकारको प्रहरी प्रशासनले गरेको हो । साना मान्छे ले चाहिँ जेल जानुपर्ने ठूला नेताको हकमा यस्तो नहुने । यो अवस्थाबाट हामी सबैलाई न्याय दिइनुपर्छ । अहिलेको सरकारले दिन्छ भन्ने आशा गरेका छौँ ।
यो प्रकरणमा संलग्नहरु को को छन् जस्तो लाग्छ ?
एमाले र माओवादीको सरकार हुने बेलामा हामीलाई फर्म भराएर ५/५ लाख रुपैयाँ लिइएको थियो । त्यतिबेलादेखि सुरुवात भयो । चितवनमा हुने बेलामा फोटो खिचेर १० लाखका दरले लिएका थिए । सरकार परिवर्तन भएपछि फेरि बालकृष्ण खाँण गृहमन्त्री भएपछि फेरि फोटो खिचाएर १० लाख लिएको थियो । पछाडि विराटनगर मेडिकल कलेजमा मेडिकल गर्ने भनेर फेरि ५ देखि १० लाख लिएका थिए ।
त्यतिबेला देउवा प्रधानमन्त्री र खाँण गृहमन्त्री थिए । तर, यसको सुरुवात हुँदा चाहिँ केपी ओली प्रधानमन्त्री, रामबहादुर थापा गृहमन्त्री र प्रेमकुमार राई गृहसचिव भएको बेला सुरु भएको हो ।
अहिले पनि त्यही कुरा बाहिर आएको छ । सन्देशले पनि यो हाम्रो सरकार हो आदि इत्यादि भन्दै नडराउनु भन्दे कुरा गरेको हुन्थ्यो । उनीहरूसँगको फोनमा गरेको कुराकानी पनि सुनेको हो । त्यसले हरेकलाई फोन गरेर हामीलाई सुनाउँथ्यो । उसले भानु देउवासँग पनि कुरा गर्थ्यो । हामीलाई विश्वासमा लिन हो वा उहाँहरूको संलग्नता हो के हो ।
उसले त्यतिबेला भानु देउवा, आरजुका भाई भुषण राणा, खाँड पत्नी मञ्जु खाँण, एमाले नेता विष्णु रिमाल पनि भन्थ्यो । नाम लिन्थ्यो ।
आवाज त हामीलाई थाहा थिएन । चिन्या मान्छेको चाहिँ अलिकति सुनिन्थ्यो । तपाईँहरू जसरी पनि जानुहुन्छ भन्ने कुरा गर्थ्यो । हामी पनि जान पाइन्छ भनेसि मौन भएर बस्यौँ । गृह मन्त्रालयमा बुझ्न जाँदाखेरी गृह मन्त्रालयका पनि २२ जनाले फर्म भरेका छन् भन्नुभयो ।
शर्माले पटक पटक मलाई विश्वास दिलाउनको लागि गृह मन्त्रालयको निर्णय पठाउँथ्यो । अझ गजबको कुरा के भने जब हामीले हाम्रो पैसा फिर्ता माग्यौँ उसले बिभिन्न मिडियामा भुटानी शरणार्थीका बारेमा निर्णय हुँदै भन्ने समाचार पठाउँथ्यो । १२/१३ ओटा मिडियामा आयो । झन् विश्वास लाग्यो । फेरि पछि सरकार परिवर्तन हुँदैछ समय लाग्छ भन्यो ।
अहिले सबै पीडितहरू घरबारविहीन भएका छन् । आज दाङ, रुकुम सल्यानबाट ८० लाखदेखि १ करोड रुपैयाँ लिएर तल्लो बाटो अमेरिका गइरहेका छन् ।
हामीलाई भुटानी शरणार्थीमा फम भरे वापत तिमीहरूलाई पनि कारबाही हुनुपर्छ भनेर उहाँहरूको वकिलबाट पनि सुनिएको छ । ठिक छ हामीलाई कारबाही गरिन्छ भने यो निर्णय गराउने गृहमन्त्री, गृहसचिव लगायत को को संलग्न छन् उहाँहरूलाई के कति हदसम्म कारबाही हुने हो ? हाम्रो पैसा लगेर फिर्ता नगर्दा के कति कारबाही हुने हो ? हामीलाई हाम्रो घर घरमा आएर, हामीलाई बोलाएर हाम्रो पैसा लिएर फर्म भर्न लगाउनेलाई कस्तो खालको कारबाही हुने हो ?
हामीलाई त राज्यले पीडित बनायो । किनभने गृह मन्त्रालयले पठाउन लाग्या हो नी त हामीलाई त । हामी तलको बाटो समुद्र पार गरेर जान लागेको होइन नी । यो नेपालको एयरपोर्टबाट उड्न पाइन्छ भने आजको दिनमा जो पनि जान्छ । यसैपनि दैनिक ६ हजारले देश छोडिरहेका छन् । काम हुन्छ भनेपछि हामी पनि जान लागेका थियौँ । तर, हविगत यस्तो बनाइदिए ।
अझ पीडा त के हुन्छ भने, हनुमानढोकामा सन्देश शर्माको चेक बाउन्स भयो । सन्देश शर्माको चेक हनुमानढोका जाँदै गर्दा, मेरो नाममा भएको चेक हनुमानढोकाले बाउन्स गरेन । १ महिना पछाडि मलाई हालेको चेक बाउन्स गर्यो, त्यो पनि उनीहरूको आयश्रोत नै नखोजी दर्ता भयो तर मेरो चेक हनुमानढोकाले दर्ता गरेन ।
एउटै देशमा फरक व्यक्तिपिच्छे फरक कानुन भयो । उनीहरूको चेक बाउन्स हुने तर मेरो किन भएन रु सन्देश शर्मालाई पक्राउ गर्न प्रहरी गएन, तर मलाई पक्राउ गर्न मेरो घरमा प्रहरी पुग्यो । न मैले त्यो पैसा लिएको थिएँ, न खाएको थिएँ, न देखेको थिएँ । खाने सन्देश दिएको चेक मैले दिँदा मलाई यो राज्यमा यति ठूलो अपराधी बनाइएको छ । न मलाई त्यसमा कुनै स्वार्थ थियो । उसलाई चेक दिन लगाएर म माथि आज यो राज्यले ५ ओटा मुद्दा चलाएको छ ।
काहीँ चेक बाउन्स छ, कँही चेक अनादर छ । यो राज्यको अदालतले पनि न्याय दिएको छैन । मैले मेरो कुरा अदालतमा राख्दा उल्टै अदालतले मलाई हराउँदै गएको छ । मैले अब अदालत र प्रहरी प्रशासनबारे नै प्रश्न उठाउने बेला आएको छ । न्याय र अपराध छुट्याउने ठाउँ खोज्नुपर्ने भएको छ ।
डा। मनोज केसी भन्ने अफिसर अपराध अनुसन्धानमा आएपछि उहाँको कारणले बाँचेको हुँ । मेटमणी चौधरी, रवि लामिछाने र गृहमन्त्री नारायणकाजी श्रेष्ठका कारण बाँचेको हुँ । मलाई उहाँहरूले बचाएको हो । मेरो पार्टीका कुनै पनि नेता, सांसदले भुटानी शरणार्थीको बारेमा संसद्मा एउटा पनि कुरा उठाउनु भएन ।
बाँकी शुक्ष्म अनुसन्धान पनि हुँदैछ भन्छन् के लाग्छ अनुसन्धान हुँदैछ ? अनि निष्पक्ष अनुसन्धान भएर वास्तविक गिरोह र पीडित छुट्याएर कारबाही र न्याय पाइन्छ जस्तो लाग्छ ?
हैन, यो देशमा पैसा फिर्ता नदिएरै राज्यले हामीलाई लुट्ने हो भने त उहाँहरूले पनि मृत्युलाई स्विकारे हुन्छ । हामीले त मृत्युलाई स्वीकार गरिसकेका छौँ । मैले त मृत्यु स्वीकार गरिसकेको छु । हामीलाई साँच्चिकै अपराधी बनाउनुभयो भने, थाहा छैन, उहाँहरूले कहाँनेर के गर्नुहुन्छ, तर यहाँसम्म आएर मैले परिवार बचाउन सकेँ । अब हरेक नागरिक जो पीडामा पर्नुभएको छ, हामी न्यायका लागि एकजुट हुनुपर्छ । हामी र हाम्रो परिवारमाथि उहाँहरूले जसरी लुट्नुभयो । त्यही तरिकाले हामीले आक्रामक शैलीमा पनि जानुपर्ने हुनसक्छ ।
त्यसैले हामीलाई हाम्रो पैसा फिर्ता गरिदिनुस् । हामीले गृह मन्त्रालयको काम गरेको होइन् रु हामीलाई उनीहरूका मान्छेहरूले अमेरिका लगिदिन्छु भनेर आएर घरघरबाट पैसा लगेका हुन् । उहाँहरूले बेलैमा सोचिदिनुपर्छ ।
अर्को कुरा, जिल्ला अदालतले पनि हामीलाई धेरैबेर कुरायो । यो देशमा हामीलाई अदालतले न्याय दिन्छ भन्ने विश्वास छ । त्यो अदालतले देला । अर्को पक्ष, त्यतिबेला के गरियो भने, जसरी पीडितलाई न्याय दिने तरिकाले अपराध अनुसन्धानले काम गरिरहेको बेला मनोज केसीजस्ता अफिसरलाई सरुवा गरियो । कसको स्वार्थले गरियो ? हनुमानढोकाको एसएसपीलाई सरुवा गरियो, कसको स्वार्थमा गरियो ? जिल्ला अदालतका न्यायाधीशको सरुवा गरियो, कसको स्वार्थमा सरुवा गरियो ? सरकारी वकिललाई कसको स्वार्थमा सरुवा गरियो रु यो सबै कुराको अनुसन्धान हुन जरुरी छ ।
हामीले त्यति सजिलै छोड्दैनौँ । कांग्रेर्सीहरुले त्यो बुझ्न जरुरी छ । अब देशमा परिवर्तन हुनुपर्छ । हामी ठगियौँ होला, तर ठगिँदै गर्दा हाम्रो पैसा पचाएर सजिलै बाँच्न सक्छौँ भन्ने कुरा उहाँले कल्पना नगरे पनि हुन्छ ।
के भयो भने न्याय पाउँछु भन्ने लाग्छ ?
अब यस्तो हो, उहाँहरूले कहाँबाट कसरी गर्नुभयो त्यो हामी चिन्दैनौँ । हामी त्यो ठूलो संसार चिन्दैनौँ, हामी सानो संसारबाट हुर्किएर अमेरिका जान खोजेको हौँ । हाम्रो त्यो सपना हो । हाम्रो सपनामाथि उहाँहरूले कुठाराघात मात्रै हैन, उहाँहरूले त मलाई मार्न पनि खोज्नुभयो । त्यो उहाँहरु क कसले खोज्नुभएको हो रु भोलि यो संसारमा उहाँ र हामी एउटै ठाउँमा अडिने हो, त्यसो भएका कारण हामीलाई अपराधी बनाउन उहाँहरूलाई पनि त्यति सजिलो नहोला ।
त्यसैले उहाँहरूले हामी पीडितलाई न्याय दिनका लागि हामीलाई हाम्रो पैसा ब्याजसहित फिर्ता दिनुपर्छ । किनकि हामी कसैले २६ प्रतिशत ब्याजमा पैसा लिएर बुझाएका छौँ भने कसैले बैंकबाट, कसैले घरजग्गा बेचेर त कसैले गाईभैँसी बेचेर पैसा बुझाएका छौँ । हाम्रो पैसा उहाँहरूले फिर्ता दिनुपर्छ नत्र भने साह्रो महँगो पर्नेवाला छ ।
हाम्रो पैसाले उहाँहरु प्राडो गाडीमा त हिँड्नुहुन्छ तर उहाँहरूको सबै परिवार प्राडो गाडीमा हिँड्न सक्ने अवस्था नहुन सक्छ । त्यसैले हाम्रो पैसा फिर्ता गरिदिनुहोस् । राज्यले पनि हामी पीडितको पैसा फिर्ता गरिदिओस् र अपराधीलाई कडा भन्दा कडा कारबाही गरोस् ।
तपाईँहरुलाई त्यो बेलामा यिनीहरुले साँच्चिकै अमेरिका लैजान्छन् भन्ने विश्वास दिलाउनका लागि के के प्रलोभन देखाइयो ? कस्ता कस्ता संयन्त्र प्रयोग गरियो ?
मलाई अरु थाहा छैन । मसँग जोडिएको एकजना सन्देश शर्मा, मैले जाहेरी हालेको एकजना महेश शर्मा । पुलिसले अनुसन्धान गर्दै जाँदा त्यहाँसम्म आइपुगेको, यदि संलग्नता थिएन भने पुलिसले न्यायोचित मान्छेलाई अनुसन्धान गरेर कहिल्यै पनि तान्दैन ।
नेपाल प्रहरी अनुसन्धानमा दक्षिण एसियाकै उत्कृष्ट १० भित्र पर्छ भनिन्छ तर यतिबेला उनीहरूलाई नै पीडित बनाइएको छ । मेट्रो अफिसमा त्यतिबेला मलाई र सन्देश शर्मालाई भेटाइयो । त्यतिबेला पनि उनले मलाई दाइ म तपाईँलाई म पैसा दिन्छु मलाई सांगठनिक मुद्दा नहाल्नुस् भनेको थियो । त्यतिबेला उ दरबारमार्ग थियो ।
मलाई पनि दरबारमार्गमा बोलाइएको थियो । दरबारमार्गमा पुरै उसको पक्षमा बोल्ने पुलिस र गुण्डा छन् मलाई मार्छन् भन्ने लाग्यो र म दरबारमार्ग गइनँ । उसले सांगठनिक मुद्दा नहाल्नु भनेको थियो तर मैले मात्र हैन, त्यहाँ गजेन्द्र बुढाथोकीले पनि मुद्दा हालेको थियो, पछि बाँकीले पनि मुद्दा हाल्नुभयो ।
मेट्रोमा भेट हुँदा सन्देश शर्माले रुँदै, मलाई बाहिरभन्दा भित्र बस्नु नै ठिक छ, बाहिर भयो भने मलाई मारिदिन्छन् भन्थ्यो । त्यसपछि भने म अझ सबैभन्दा यसको मुख्य गिरोह भनेको नै सन्देश शर्मा रहेछ त्यसकारण पुलिसले अनुसन्धान गर्दै गर्दा कति बयान परिवर्तन भए भन्ने सुनेको थिएँ मैले । त्यो सबै भएका कारण नै विभिन्न निकायमा त्यस मुद्दालाई हेरिरहेका, अनुसन्धान गरिरहेका अधिकृतहरूको सरुवा भयो ।
तपाईँलाई मेट्रोमा चाहिँ किन बोलाइएको थियो ?
खासमा मलाई पनि केटाहरूले हालेको थियो नि त जाहेरी । त्यहिबारे बुझ्न बोलाउँदा मसँग सन्देश शर्माको बारेमा बुझ्न बोलाइएको थियो । त्यो समयमा सन्देश शर्माले मैले पैसा लिएको हुँ भन्ने स्वीकार गरेको थियो, तर त्यो कुरा बयानमा खुलाइएन । त्योबेला सन्देशले मसँग पैसा फिर्ता दिन्छु दाइ भनेको थियो । त्यसको उत्तरमा मैले २ दिनभित्र मलाई पैसा देउ, मैले तिमीविरुद्ध हालेको उजुरी फिर्ता लिन्छु भनेको थिएँ । खासमा त मैले मात्र मुद्दा फिर्ता लिएर हुनेवाला थिएन किनकि उनीविरुद्ध त अन्यले पनि उजुरी दर्ता गराएका थिए ।
त्यसपछि यो केशलाई बङ्ग्याउँदै गएपछि एकदिन सन्देश शर्मा र गजेन्द्र बुढाथोकीबिचको अडियो सार्वजनिक भयो । त्यहाँ आरजु राणा र मञ्जु खाँडको पनि कुरा आयो ।
तपाईँको नाम आरजु राणालाई कसरी थाहा भयो ?
त्यही त बडो गज्जब लाग्छ । यो हो की होइन । यो काण्ड पछाडि धेरै कुरा छ । सुनिन्छ, सन्देश शर्माको सक्कली मोबाइल परिक्षण भएर अनुसन्धान भयो भने कति मान्छेचाहिँ यो भित्र जान्छन् भन्ने सुन्छु । त्यो कतिसम्म सत्य हो थाहा भएन तर उसले गरेको फोनको कुरा त सुनेको छु मैले ।
अर्को कुरा, गृहमन्त्रालयबाट नगरेको भन्ने कुरामा त दुई मत नै छैन । त्यतिबेला गृहमन्त्री बालकृष्ण खाँडले भुटानी शरणार्थीको बारेको गरेको सबै निर्णय मसँग छ । (काजगात देखाउँदै) यहाँ चाहिँ सन्देश शर्मालाई बैंकबाट चेक बाउन्स गरेको पत्र छ । यसमा ३ करोड दिएको चेक छ ।
यसमा ९० लाख दिएको तीनओटा चेक छ । सन्देश शर्माले विभिन्न व्यक्तिहरूसँग कुराकानी गरेको छु भन्दै पठाउनुभएको ह्वाट्सएप मेसेज छ । त्यस्तै उहाँले तपाईँहरूको नाम शरणार्थीको सूचीमा यसरी आयो भनेर नामको सूचीसमेत पठाउनुभएको छ । यतिसम्म भएसी हामी झनझन् पैसा दिँदै गयौँ ।
त्यस्तै उनले फाइनल पेपर भनेर दिएको पत्रमा ‘जब एउटा सुन्दर ऐना फुट्छ तब खतरनाक हतियार बन्छ’ भन्ने लेखेर मलाई मनोवैज्ञानिक त्रास देखाउन मलाई धम्की दिनुभएको छ । (गृहमन्त्रालयको निर्णय, च्याट र अन्य विवरण देखाउँछन् )
त्यस्तै यी त फटाहाहरू भए । हामीले अहिले आउनुभएको गृहमन्त्रीबाट धेरै आशा गरेका छौँ । यती भन्दै गर्दा मलाई फेरी पनि घम्कीहरु आउँछन्, मलाई राज्यले सुरक्षा दियोस् । अहिले त म अब बाँच्नुपर्छ भनेर अनेक ठाउँमा हात हाल्छु, तर उहाँका मान्छेले मलाई बारम्बार आएर डरधम्की दिनुहुन्छ । उहाँहरूलाई मलाई पीडक देखाउन लागि पर्नुभएको छ । उहाँहरु मलाई आत्महत्या गरेर मरोस् वा आफैँले मार्न पाउँ भनेर लाग्नुभएको छ । त्यसैले तपाईँहरूले पनि हामी पीडितको आवाज बोल्न शसक्त भूमिका खेल्नुहोस् र हामीलाई न्याय दिलाउन लागि पर्नुहोस् ।
त्यस्तै अदालत न्याय दिने ठाउँ र न्यायाधीश न्यायमूर्ति हुन भने, हामी पीडामा छौँ कि न्यायमा छौँ, यो बुझिदिनुहोस् । हामी वास्तविक पीडित मान्छे, हाम्रो पैसा खाइएको छ, घरबार लुटिएको छ, श्रीमती, घरपरिवार सबै बाटोमा ल्याइएको छ । आज हामीलाई लिलाम जस्तो बनाइएको छ । आज हामीलाई यो देशका नागरिक नै होइनन् जस्तो बनाइएको छ तर पनि उहाँहरूले हामीलाई पीडित बनाउनेलाई नै उन्मुक्ति दिने कसरतमा हुनुहुन्छ । त्यसमा न्यायमूर्तिको आँखा जाओस् । त्यसपछि हामीलाई न्यायालयको आभास हुने थियो ।
पछिल्लो समय नेताहरु विभिन्न आरोप प्रत्यारोपमा उत्रिइरहँदा, तपाईँकै पार्टीका नेताहरु, विशेषत महामन्त्रीद्वयहरुले यो विषयमा चाहिँ संसदमा चुइँक्क नबोल्दा तपाईँलाई कस्तो लाग्थ्यो ?
मलाई आज एउटा बडो गज्जब लाग्छ, उहाँहरु पनि विपिको अनुयायी हो, म पनि विपिको अनुयायी हो । मेरो परिवार जन्मजात कांग्रेस हो, कांग्रेसमात्र होइन मैलै पूरै कांग्रेसी बनाएँ । तर, मलाई आज एउटा विडम्बना लाग्छ, नेता कसरी हुने रहेछ, कसरी बन्ने रहेछ रु उहाँहरु कहाँ म पटकपटक न्याय माग्न गएँ, कतिपटक गगन थापाको घरमा गएको छु । न्याय पाउनुहुन्छ भन्ने ढाडस दिनुभयो तर एकपटक पनि संसद्मा बोल्नुभएन । न उहाँ बोल्नुभयो न शेखर कोइराला बोल्नुभयो, न शंकर भण्डारी बोल्नुभयो न मैलै भेटेका कुनै कांग्रेसी नेता बोल्नुभयो ।
किन भुटानी शरणार्थीको बारेमा बोल्नुभएन रु मलाई त आज गर्व लाग्छ, म जत्तिको मान्छे आजको दिन बाँचेर, भुटानी काण्ड बाहिर ल्याएँ नि, अब त्यसै गरि यो देशमा अरु काण्ड गर्ने मान्छेहरू पनि तानिन्छन् । जरो म भएँ, मलाई खुसी लाग्छ । मलाई मार्नुस्, नमार्नुस् । म मरिनँ भने, उहाँहरूलाई अप्ठ्यारो पर्छ । उहाँहरु वास्तवमा कांग्रेसी हुँदै होइन । यदि कांग्रेसी हो भने, कुनै पनि काण्ड आउँदा त्यसमा छानबिन किन गर्नुभएन रु म कांग्रेसी, म मेरो त्यतिबेलाको प्रधानमन्त्री देउवालाई बालुवाटारमा भेट्न जाँदा भानु देउवाले मलाई भनेको कुरा मलाई बहुत बिझेको छ, सायद त्यो दिनदेखि म त्यत्तिको मान्छेलाई म नेता मान्न तयार छैन । उहाँले ‘यो केश त धेरै अल्झेको रहेछ, मिलाउन धेरै गाह्रो हुन्छ भन्नुभयो ।’ ए बाबा, अल्झिँदैन थियो भने, हामीजस्तो मान्छे उहाँहरूजस्तो नेताको कार्यालय छिर्दैन थियौँ । अरु बेला केही माग्न, कुनै दिनपनि हामी उहाँहरूको कार्यालय छिरेनौँ । आज ति अपराधीहरूले हाम्रो पैसा लगेका छन्, प्लिज निकाल्दिनुहोस् भनेर अनुरोध गर्न हामी गएका थियौँ ।
बिझेको यतिमात्र भएन कि, उहाँहरूको कार्यकालमा २०७९ जेठ १८ गते अपराधमा जाहेरी दिएँ । अपराधमा जाहेरी दिएपछि उल्टो हामीलाई तर्साउने प्रयास भयो । किन भयो रु नेपाली कांग्रेसको सरकार, नेपाली कांग्रेसको प्रधानमन्त्री, गृहमन्त्री हुँदासमेत हामीमाथि किन अन्याय भयो रु गृहमन्त्रीसँग त हामीलाई भेट्न समेत दिइएन । त्यतिबेला सोभाकर रेग्मीकहाँ मैले कुरा राखेँ, टिपटप होटलमा गएर कुरा राखेको थिएँ । उहाँले हुन्छ म बुझ्छु भन्नुभयो । पछि उहाँ पनि बाङ्गिँदै जानुभयो । त्यसपछि प्रवक्ता हुनुहुन्थ्यो फणिन्द्रमणी पोखरेल । उहाँले सिधै तपाईँहरू सँगै एउटै ड्रेसमा नआउनुस्, तपाईँहरूलाई खतरा हुन्छ भन्नुभयो, त्यहीमाथि गृहमन्त्रालयको प्राङ्गण भित्र । अब भन्नुहोस्, देशमा सुरक्षा कहाँ रहेछ ? गृहमन्त्रालयका कर्मचारीले त्यसो भन्नुको कारण अनि पीडितले गृहमन्त्री भेट्न नपाउनुको त्यत बेलको कारण के हो ?
त्यतिबेला कति ठाउँमा रामहरि खतिवडा पनि संलग्न भन्ने समाचार आए, अरुहरूको पनि संलग्नता भन्ने विषय बाहिरिए । यो कसरी आयो रु केही न केही नभई कसरी बाहिर आयो हल्ला रु भनेपछि हामी त ८१ जनामात्र ठगिएका रहेछौँ भन्ने होइन रहेछ । त्यसबाट ८ सय ७५ जना ठगिएका रहेछौँ भन्ने विषय बाहिर आए त ।
तर, हामी पीडित भयौँ भनेर उजुरी हाल्ने ८१ जनाको पैसा फिर्ता भएको मात्र भए पनि अन्य पनि त पीडित रहेछन् त । मैले एक सञ्चारमाध्यममा यसबारे बोल्ने बित्तिकै रामेछापका मात्रै १०० जना पैसा दिने तयारीमा रहेछन् । उनीहरूको पैसा जोगियो । हाम्रो पक्षमा समाचार लेखेकै कारण कान्तिपुरबाट देवेन्द्र भट्टराईको जागिर गयो । यो सबै के भइरहेको छ रु अन्तमा यदि हुन्छ भने हाम्रो पैसा फिर्ता गरियोस्, र हामीलाई यो कारबाही हुन्छ भनियोस्, हामी भोग्न तयार छौँ ।