५ असोज, काठमाडौं । ६० किलाे सुन प्रकरणमा उच्चस्तरीय छानबिन अयोगबारे गठनबारे छलफल गर्न सरकारले प्रमुख दलका नेताहरुलाई गृह मन्त्रालय बोलाइएको छ । छानबिन आयोगबारे छलफलका लागि नेताहरु गृह मन्त्रालय पुगिसकेको गृहमन्त्री नारायणकाजी श्रेष्ठको सचिवालयले जनाएको छ ।
सुन प्ररकणमा छानबिन आयोगको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निरन्तर संसद अवरुद्ध गरेको थियो । भदौ पहिलो साता उच्चस्तरीय छानबिन आयोग गठन गर्ने शिर्षदलहरुबिच सहमति भएपछि पश्चात मात्र संसद बैठकले निरन्तरता पाएको थियो । उक्त समयमा सीआईबीले अनुसन्धान सकेर प्रतिवेदन बुझाएपछि मात्रै छानबिन आयोगले काम गर्ने निर्णय गरिएको थियो । शिर्ष नेताहरुबिच ब्रेक शुमा लुकाएर तस्करी गरिएको ६० किलो सुन प्रकरण र इलेक्ट्रिक चुरोट (भेप)मा लुकाएर गरिएको सुन तस्करीको छानबिन गर्ने सहमति भएको थियो ।
अहिले सीआइबबीले अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयलाई बुझाएर जिल्ला अदालतमा मुद्दा समेत दर्ता भईसकेको छ । अहिले सोही आयोगको गठनका सम्बन्धमा छलफल गर्न शिर्ष दलका नेताहरुलाई गृह मन्त्रालय बोलाइएको हो ।