काठमाडौँ । राष्ट्रिय स्वतन्ब पार्टी (रास्वपा)को दुई दिने कार्यशाला आज बिहान ७ बजेदेखि नै सुरु भएको छ । आज हिजो दिनभर भएको छलफललाई निश्कर्ष प्रतुत भईरहेको पार्टी सचिवालयले जानकारी दिएको छ । सचिवालायका अनुसार हिजोको निष्कर्ष पेश गर्न १ घण्टाको समय दिइएको छ ।
महाधिवेशनको मितिसहित ६ वटै समूहलाई तीनवटा प्रस्ताव समेत पेश गर्न भनिएको छ। समूहलाई आएका प्रस्ताव छलफलका लागि केन्द्रीय समितिमा लगिने पार्टीले जनाएको छ ।
‘हिजो दिनभर समूहगत रुपमा विषय केन्द्रित भएर गहन छलफल भयो। छलफलबाट आएका निश्कर्ष र प्रस्तावलाई एकीकृत गरी प्रतिवेदनका रुपमा केन्द्रित समितिमा लगेर थप छलफल गर्छौं’, सह–प्रवक्ता प्रतिभा रावलले भनिन्, ‘यो कार्यशालाले पार्टीलाई वैचारिक र सांगठनिक रुपमा सुदृढ गर्ने गरी योजना बनाउन सहयोग गर्ने छ।’