काठमाडाैँ । सुनको अवैध पैठारी तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएको छ ।
४८५ पृष्ठको प्रतिवदेनमा १३ अनुच्छेद र ९ अनुसूची छन् । आयोगले ९ भन्सार नाकाको स्थलगत अनुगमन गरि ६८ व्यक्तिसँगको बयान र ६१ विज्ञसँगको परामर्शका आधारमा प्रतिवेदन तयार पारेको जनाएको छ । साथै आयोगले पैठारी रोक्न सुझाव समेत पेश गरेको छ ।
प्रतिवेदनमा मुद्दा चलाउन सिफारिस, विभागीय कारबाही, सीडीआररडीएफएलमा नियमित देखिएका व्यक्तिको सूची र निर्दोष देखिएका व्यक्तिको नामावली समेत समावेश गरिएको छ ।
प्रतिवेदन बुझ्दै उपप्रधान एवं गृहमन्त्री लामिछानेले प्रतिवेदनमा दिइएका सुझावको कार्यान्वयनमा चुनौती भएपनि तत्कालै कार्यन्वयन गर्ने जनाएका छन् । लामिछानले आयोगको सिफारिसका आधारमा दोषीलाई कारबाही र सुधारका लागि सुझाइएका उपायको कार्यान्वयन गरिने बताएका छन्। त्यस्तै उनले जुनसुकै खालको कमजोरी गर्ने निकाय र व्यक्तिविरुद्ध कारबाही हुने र विगतमा उन्मुक्ति दिन सहयोग गर्नेलाई पनि कानूनकाे दायरामा ल्याउने बताएका छन् ।
र्सेक्रेट्स अफ गोल्ड माफियाका श्रृङ्खलाहरु
त्यस्तै लामिछानेले यस अघिनै आफूलाई लागेको कुरा लिखित रुपमा आयोगलाई पठाएको भन्दै सुनको अबैध तस्करी नियन्त्रणमा प्रतिवेदनले सहयोग गर्ने अपेक्षा व्यक्त गरेका छन् ।