काठमाडाैँ : नेपाली विद्यार्थीको उद्धारका लागि परराष्ट्रमन्त्री एनपी साउद आफैं इजरायल जाने भएका छन् ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले परराष्ट्रमन्त्री साउदको नेतृत्वमा उद्धार टोली पठाउने निर्णय गरेको हो ।
प्यालेस्टाइनी आतंकवादी समूह हमासले इजरायलमाथी गरेको आक्रमणमा परी २६५ विद्यार्थीमध्ये १० जनाको निधन भएको थियो । त्यस्तै केही विद्यार्थी हालसम्म सम्पर्कमा छैनन् ।
सम्पर्कमा रहेका र नेपाल फर्किन चाहने विद्यार्थीलाई लिन २५० सीटको नेपाल एअरलाइन्सको वाइडबडी विमान बिहिबार बिहान २ : ३० बजे इजरायल जाँदै छ ।