काठमाडाैँ । असार सुरु भएको छ। सुख्खा रुखहरुमा हरिया पालूवाहरु देखिन थालेका छन्। त्यहीसँगै जंगलमा चरा र जनावरको मिठास आवाज गुन्जिन थालेका छ्न् । त्यतिमात्र हैन यही बेला रुखका हाँगाहरुमा चराका बच्चाका आवाज सुन्न थालिएको छ।
चरामध्येको एक प्रजाति हो काग, जसले चैत–वैशाखमा ओथारो बस्छन् । तीन–चार वटासम्म अण्डा पार्छन्। जुनसुकै प्रजातिको रुखमा ओथारो बस्न सक्छन् । निश्चित उचाइ पाउनासाथ गुँड बनाउन थाल्छन् । २० फिट उचाइ पाए घाँसपात जम्मा गरेर गुँड बनाउँछन् ।
कागका भालेपोथी दुवै ओथारो बस्छन् । तीनदेखि ४ सातामा बच्चा जन्माउँछन् । पालैपालो हेरचाह गर्छन् । हिन्दु धर्मशास्त्रअनुसार यमलोकका अधिपति यमराजले कागले पृथ्वी लोकका मानिसको जन्म र मृत्युको विवरण राख्छन् भन्ने मान्यता छ ।
नेपालमा ७ प्रजातिका काला काग पाइन्छ । तराइमा घर काग, पहाडी कालो काग, पूर्वीय कालो काग र कालो काग पाइन्छ । हिमालतिर राजा, टुंगा र टेमु पाइन्छन् । कागले केही आयो भने खबर गर्ने गर्छन् । बिरालो, सर्प, बाघ र भालु आए कराएर सूचना दिन्छन् । काग अति चलाख हुन्छ ।
यतीबेला काग लगायत विभिन्न चराचुरुङ्गीहरुको गुँड देख्न सकिन्छ ।