नेभिगेशन
सबै कुरा

मन्त्रिपरिषद्को बैठक अघि राष्ट्रपति भेट्न पुगे प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर छलफल गरेका छन् । 

शुक्रबार अपरान्ह कानूनमन्त्री अजयकुमार चौरसिया र मुख्यसचिव एकनारायण अर्याल सहित प्रधानमन्त्री ओली शीतल निवास पुगेका थिए । 

Global Ime Bank

भेटमा  देशको समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।  समसामयिक भनिएपनि सचिवालयले विषय स्पष्ट खुलाएको छैन । तर स्रोतका अनुसार सरकारले पार्टी विभाजन सम्बन्ध अध्यादेश ल्याउनुपूर्व राष्ट्रपतिको मनसाय बुझ्न ओली शितल निवास पुगेका थिए ।

नियमित तालिका भन्दा फरक आजै साँझ प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्को बैठक समेत बोलाएका छन् । 

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार आज बस्ने बैठकमा अध्यादेश ल्याउने निर्णय गर्न सक्ने छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
विकास सहयोगको भविष्यका लागि स्वतन्त्र आयोगको घोषणा कार्यक्रममा प्रधानमन्त्रीको सम्बोधन

विकास सहयोगको भविष्यका लागि स्वतन्त्र आयोगको घोषणा कार्यक्रममा प्रधानमन्त्रीको सम्बोधन

संयुक्त राष्ट्रसङ्घको ‘विकासको लागि वित्त’सम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलनका क्रममा स्पेनको सेभियामा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले गेट्स फाउन्डेसनद्वारा आज आयोजना गरिएको विकास सहयोगको भविष्यका लागि स्वतन्त्र आयोगको घोषणा...
शिक्षा समिति बैठक अनिश्चितकालका लागि स्थगित

शिक्षा समिति बैठक अनिश्चितकालका लागि स्थगित

प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको छ ।
इँटाभट्टामा काम गरेर ४ जिपिए ल्याएकी गोमालाई पूर्ण छात्रवृत्ति दिने सांसद दुर्लभ थापाको घोषणा

इँटाभट्टामा काम गरेर ४ जिपिए ल्याएकी गोमालाई पूर्ण छात्रवृत्ति दिने सांसद दुर्लभ थापाको घोषणा

भक्तपुरको इँटाभट्टामा अभिभावकसँगै बसेर सामुदायिक विद्यालयबाट परीक्षा दिई एसइईमा ४ जिपिए ल्याएकी गोमा श्रेष्ठलाई भक्तपुर क्षेत्र नं २ का सांसद दुर्लभ थापाले पूर्ण छात्रवृत्तिमा कक्षा ११ र १२...
अनुचित आग्रह र पूर्वाग्रहका कारण संसदको कामकारवाही प्रभावित हुने गरेको छ : सभामुख घिमिरे

अनुचित आग्रह र पूर्वाग्रहका कारण संसदको कामकारवाही प्रभावित हुने गरेको छ : सभामुख घिमिरे

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले अनुचित ढंगका आग्रह र पूर्वाग्रहका कारण संसदको कामकारवाही प्रभावित हुने गरेको बताएका छन् ।