
काठमाडौँ । सर्वोच्च अदालत बार एशोसिएशनले बार एशोसिएशनका सदस्य वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको आक्रमणको विरोध गरेको छ । त्रिपाठीमाथि भएको आक्रमणको विरोधमा कानून व्यवसायीहरूले आज कालोपट्टी बाँधेर प्रदर्शन गरेका हुन् ।
समग्र कानून व्यवसायीहरूको सुरक्षाको सुनिश्चितता प्रत्याभूत गर्न गराउन दवाव स्वरुप कालोपट्टी बाँधी विरोध कार्यक्रम गरिएको उनीहरुले बताएका छन् ।



